• २४ भदौ २०८३, बुधबार
  • १ः५८ राती

धनगढी उप–महानगरपालिकाद्धारा कोरोनाबारे जानकारी दिने वेभ पोर्टल सार्वजनिक

प्रकाशित मिति

२०७६ चैत्र १७ गते, सोमबार १२:५७

धनगढी , धनगढी उप–महानगरपालिकाले वेभ पोर्टल मार्फत कोरोना भाइरस (कोभिड १९) का बारेमा सूचना तथा जानकारी दिन थालेको छ ।
धनगढी उप–महानगरपालिकाले सोमबार देखि उप–महानगरपालिकाले आधिकारीक पोर्टल सुरु गरेको जनाएको छ । पोर्टल  https://dhangadhi.susasan.org/covid19 रहेको छ ।

National Life

पोर्टलमा कोरोना भाइरसको राष्ट्रिय स्तरको तथ्याङ्क, सुदूरपश्चिममा कोरोना भाइरस चेकजाँच गराउने, संक्रमित संख्या, सञ्चो भएर घर फर्किकाहरुको अपडेट डाटा रहेको छ ।

त्यसैगरी धनगढी उप–महानगरपालिकामा कोरोना भाइरसको अवस्था , क्वारेन्टाईनको संख्या, आईसोलेशन कक्षहरु, सम्पर्क केन्द्रहरु, अस्पतालहरुको बारेमा जानकारी राखिएको धनगढी उप–महानगरपालिकाले जनाएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

त्यसैगरी पोर्टलमा लकडाउनको अवस्थामा मजदुरका लागि खाद्यान्न लगायतका सामाग्रीहरु लगायत अन्य सहयोग उपलब्ध गराउनेका विवरण पनि राखिएको छ ।

प्रतिकृया