• २४ भदौ २०८३, बुधबार
  • २ः०५ राती

सुदूरपश्चिमका लागि स्वास्थ्य उपकरण लिएर गाएको स्काई ट्रक बीच बाटोबाटै फर्कियो

प्रकाशित मिति

२०७६ चैत्र १७ गते, सोमबार १२:२८

काठमाडौं, कोरोना रोकथामका लागि सरकारले चीनबाट ल्याएको स्वास्थ्य उपकरण लिएर सुदूरपश्चिम प्रदेशमा आईरहेको नेपाली सेनाको स्काई ट्रक सामान नपुर्याई फर्किएको छ ।

National Life

मास्क, स्यानिटाइजर, पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट (पीपीई) लगायतका सामग्री लिएर स्काई ट्रक सोमबार बिहान उडेको थियो । तर, बीचबाटो बाटै फर्किएको नेपाली सेनाले जनाएको छ ।

स्काई ट्रकमा भएको स्यानिटाइजरबाट एक प्रकारको फरक किसिमको गन्ध आएपछि सैनिक पाइलटले विमान फर्काउनुपर्ने नेपाली सेनाका प्रवक्ता सहायक रथी विज्ञानदेव पाण्डेले बताए । उहाँका अनुसार प्राविधिक समस्याका कारण विमान फर्किएको र अब सामान पुनः पठाइन्छ या के गरिन्छ भन्ने निर्णय भइसकेको छैन ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया