• २६ भदौ २०८३, शुक्रबार
  • ५ः३१ बिहान

प्रधानसेनापति थापाको सकल दर्जाहरूलाई १० बुँदे निर्देशन जारी

प्रकाशित मिति

२०७६ चैत्र १५ गते, शनिबार ०१:१९

 

National Life

काठमाडौं । प्रधानसेनापति पूर्णचन्द्र थापाले कोरोना रोकथाममा खटिएका आफ्ना सकल दर्जाहरूलाई १० बुँदे निर्देशन दिए ।प्रधानसेनापति थापाले दिएको निर्देशनको पहिलो बुँदामा सबभन्दा पहिला आफू सुरक्षित रहन आवश्यक रहेको भनेका छन्।

संकटको यो घडीमा आफ्नो परिवार, समुदाय र राष्ट्रलाई जोगाउन सबभन्दा पहिला आफूलाई सुरक्षित राख्न उनले निर्देशन दिएका हुन्।व्यक्तिगत सरसफाइमा ध्यान दिँदै आफूलाई डेढ मिटरको शारीरिक दूरी कायम राख्न भन्दै प्रधानसेनापति थापाले विसञ्चो भएमा घरमै अथवा व्यारेगमा बस्न भनेका छन्।

Classic Tech Mobile
Classic Tech Desktop

आवश्यक परेमा स्वास्थ्य परीक्षण गर्ने र शारीरिक दूरी कायम गरी आइसोलेसनमा बस्न उनले अनुरोध गरेका छन् ।आधिकारिक सूचनामा मात्र विश्वास राख्न सुझाव दिँदै थापाले आफ्ना सबै सहकर्मीप्रति सहयोगको भावना राख्न र यसबारेमा सचेत गराउनु भनेका छन्।

सबै नागरिकप्रति सदा आदारभाव देखाउनुहोस्।आफ्नो स्वास्थ्यलाई जोखिममा राखेर नागरिकको स्वास्थ्य उपचारमा लाग्ने चिकित्सकहरूलाई उच्च सम्मान गर्नुहोस्,। थापाले आफ्नो निर्देशनमा भनेका छन्,नेपाल सरकारले गरेको लकडाउन महामारी फैलिनबाट रोक्न राष्ट्रकै लागि अवसर र चुनौती दुवै हो,बहादुरी होइन बुद्धि र विवेकको प्रयोग गर्नुहोस्। नागरिकको सेवामा समर्पित हुँदा आफ्नो सुख सुविधा भुलि सदैव सर्वोच्च सेवाभाव देखाउन अनुरोध गरेका छन् ।

संकटको यो घडीमा संयम र धैर्यता देखाउन आग्रह गर्दै थापाले कठिन समय केही समयका लागि मात्रै हो भन्ने ख्याल गर्न सुझाएका छन्। कोरोनाको भाइरसको जोखिमको  यस्तो संकटको घडीमा सबै एक आपसमा मिलेर सामना गर्न जरुरी रहेको बताएका छन् ।

प्रतिकृया