कालोबजारी गर्ने पाइएमा १०० नम्वरमा फोन गरौं/ कोरानाको संक्रमणबाट बच्न विशेष सचेतता अपनाउँ : सांसद बस्नेत
प्रकाशित मिति
२०७६ चैत्र ९ गते, आईतवार ०२:१६
भक्तपुर, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले विश्वमा महामारिको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणको समयमा कालोबजारी नियन्त्रणका लागि जिम्मेबार नागरिकले प्रहरीलाई खबर गर्न आग्रह गर्नुभयो ।
चैत ४ देखि ८ गतेसम्म माताकोे प्राण प्रतिष्ठा एवं द्वारकाधिश भगवानको स्थापना गर्न लागिएको सूर्यविनायक नगरपालिका वडा नंं. ७ गुण्डू स्थित माता पाथीभरा वैष्णोदेवी मन्दिरको पाँचदिने प्राण प्रतिष्ठाको शनिवार भएको समापन कार्यक्रममा बोल्दै सांसद बस्नेतले बजारमा कालोबजारी गर्ने पाइएमा १०० नम्वरमा फोन गर्न प्रहरीले सूचना निकालि सकेको बताउदै फोन गर्न आग्रह गर्नुभयो ।
संकटको वेलामा राज्यलाई सहयोग गर्नुपर्ने ठाउँमा असहयोग गर्ने केही तत्वहरु रहेको र त्यसलाई नियन्त्रण गर्न आम जनताले सरकारलाई सहयोग गर्नु जरुरी रहेको बताउनुभयो ।
कोरोनाबाट आतंकित हुने नभई सचेत हुनुपर्ने उल्लेख गर्दै उहाँले केही समयमा नै संसारबाट कोरोना हटाउने विश्वास व्यक्त गर्दै उक्त समयमा सवैले सजकता अपनाउन आग्रह गर्नुभयो । कोरोना भाइरसका कारण नमस्ते गर्ने पूर्वीय संस्कृति र संस्कारले वर्तमान समयमा महत्वपूर्ण स्थान लिन सफल भएको समेत उहाँले बताउनुभयो ।
कार्यक्रममा सूर्यविनायक नगरपालिकाका उपप्रमुख जुना वस्नेत, विराटनगर पूर्वमेयर ध्रुवराम श्रेष्ठलगायतले शुभकामना तथा कोराना नियन्त्रण तथा संक्रमणबाट बच्न आम नागरिकले विशेष सचेतता अपनाउन आग्रह गर्नुभयो ।





प्रतिकृया