• २० भदौ २०८३, शनिबार
  • ३ः०५ राती

बढी भाडा लिएको अभियोगमा २३ जना पक्राउ

प्रकाशित मिति

२०७६ चैत्र ७ गते, शुक्रबार ०७:०३

काठमाडौं, काठमाडौं बाहिर जाने यात्रुहरुसँग तोकिए भन्दा बढी भाडा लिएको अभियोगमा २३ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बारा घर भई बल्खु बस्ने ३२ वर्षीय मुकेश प्रसाद साह लगायत २३ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

National Life

काठमाडौंको बल्खु र कलंकीबाट उपत्यका बाहिर जाने यात्रुहरुसँग तोकिए भन्दा बढी भाडा असुल गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले उनीहरुलाई तोकिए भन्दा बढी भाडा असुल गरिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।

प्रतिकृया