• २० भदौ २०८३, शनिबार
  • ४ः३९ बिहान

सार्वजनिक सवारी बन्द गर्ने सरकारको तयारी

प्रकाशित मिति

२०७६ चैत्र ७ गते, शुक्रबार ०६:३६

काठमाडौं, सरकारले काठमाडौं उपत्यकाभित्र चल्ने सार्वजनिक सवारी बन्द गर्ने तयारी थालेको छ । कोरोनाभाइरस संक्रमण फैलिएमा सबैभन्दा बढी जोखिमको क्षेत्र सार्वजनिक यातायात हुने भएकाले काठमाडौं उपत्यकाभित्रको सवारीसाधन बन्द गर्ने तयारीमा सरकार जुटेको हो ।

National Life

शुक्रबार राति ६ः३० बजे बस्ने उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा गठित कोरोनाभाइरस संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकमा सवारी बन्दको निर्णय गर्न तयारी भएको छ । शुक्रबार साँझसम्ममा सार्वजनिक सवारीसाधन बन्द गर्ने निर्णय यस समितिले लिने प्रबल सम्भावना रहेको स्रोतले जनाएको छ ।

गत बुधबार समितिले कोरोनाको सम्भावित संक्रमण रोक्न सार्वजनिक सवारीसाधनमा सिट क्षमताभन्दा बढी यात्रु ओसारपसार नगर्न र सवारीसाधनमा चढ्दा अनिवार्य रूपमा मास्कको प्रयोग गर्न आग्रह गरेको थियो । त्यसैगरी यातायात व्यवस्था विभागले काठमाडौं उपत्यकाबाट बाहिरिने यात्रुको संख्यालाई मध्यनजर गर्दै सार्वजनिक सवारीको रुटपरमिट खुला गरेको छ ।

Classic Tech Desktop

 

प्रतिकृया