कोभिड–१९ बाट बच्न तरुनदलले गर्यौ चेतनामूलक कार्यक्रम
प्रकाशित मिति
२०७६ चैत्र ७ गते, शुक्रबार ०३:२९
भक्तपुर,विश्वब्यापी रुपमा फैलिएको कोभिड–१९ को संक्रमणबाट बच्नका लागि नेपाल तरुणदल मध्यपुर थिमिले सार्वसधारणका लागि जनचेतनामूलक अभियान गरेको छ । लोकन्थली, कौशलटार क्षेत्रमा उक्त अभियान गरेको हो ।

अभियान कार्यक्रममा मास्क, पम्पलेट, सेनेटाईजर, वितरण गरेको थियो । यसका साथै सडक यात्री, बसहरुमा, यातायातका क्षेत्रमा, पसलहरु लगायतमा वितारण गर्नुका साथै ठाउँठाउँमा ब्यानर रखेरा कार्यक्रममा गरिएको थियो ।
उक्त कार्यक्रममा प्रमूख अतिथि नेपाली कांग्रेस भक्तपुरका सभापती दुलर्व थापा रहनु भएको थियो । कार्यक्रममा मध्यपुर थिमि नगरपालिकाका उपमेयर अन्जनादेवी मध्यकर्मी, नेपाल तरुल दलका अध्यक्ष राजु थापा, नेता नारायण रवाईमाली, नेता सुरेन्द्र श्रेष्ठ, वडा नं. १ का वडा अध्यक्ष सुरज खड्कालगायतको उपस्थिति रहेको थियो । नेपाल तरुलदलका मध्यपुर नपाका नगर अध्यक्ष पुरोष्तोम खड्काको नेतृत्वमा सो कार्यक्रम सम्पन्न भएको हो ।

कोभिड–१९ को संक्रमणबाट विश्वभा्र मृत्यु हुनेको संख्या नौ हजारको हराहरीमा पुगेको छ । नेपाललगायत विश्वका अधिकांश राष्ट्रले समुहिक भेटघाट, पठनपाठन र अतिआवश्यक काम बहेक बहिरा ननिस्किन आग्रह गरेका छन् ।











प्रतिकृया