भूमी मन्त्री अर्याल र भारतीय राजदूतबीच भेटवार्ता
प्रकाशित मिति
२०७६ चैत्र ६ गते, बिहीबार ०२:२५

काठमाडौं, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माडकुमारी अर्यालसँग भारतीय राजदूत विनयमोहन क्वात्राले शिष्टाचार भेट गर्नुभएको छ । मन्त्रालयमा भएको भेटमा मन्त्री अर्यालले नेपाल(भारतबीचको सम्बन्ध कूटनीतिकसँगै अन्य सम्बन्धहरु पनि विशेष रहेको बताउनुभएको थियो ।
भेटमा मन्त्री अर्यालले नेपाल–भारतबीचमा केही विषयहरु लाङ्गो समयदेखि रहेको र त्यो दुई देशबीचमा आपसमा छलफल गरेर समाधान गर्नुपर्ने बताउनुभयो । ‘हिजोदेखी थाती रहेका केही विषयहरु छन् । जो दुई देशबीचमा छलफल गरेर आपसमा टुङ्ग्याउनुपर्ने विषय छन्’ , मन्त्री अर्यालले भन्नुभयो, ‘ती कुराहरु यहाँको कार्यकालमा अगाडी बढ्न सकोस् ।’ मन्त्री अर्यालले यसअघिका राजदूतले गर्दैगरेर बाँकी कामका जिम्मेवारीहरु समेत राम्रोसँग पुरा गर्ने अपेक्षा व्यक्त गर्नुभयो ।
त्यस अवसरमा राजदूत क्वात्राले मन्त्री अर्यालको नेतृत्वको प्रसंसा गर्दै मन्त्रालयस्तरिय केही कामहरुमा दुतावासले सहकार्य गर्न सक्ने बताउनुभएको थियो । यसअघिका राजदूतको कार्यकालमा धेरै उल्लेखनीय कामहरु नेपालमा भएको भन्दै राजदूत क्वात्राले ती कामहरुलाई आफ्नो कार्यकालमा अझ सुदृढ बनाएर लैजानका निम्ती कोशिस गरिने बताउनुभयो । ‘मेरो कार्यकालमा हाम्रो सम्बन्धको प्रगति र गतिमा कमी नआओस्’, राजदूत क्वात्राले भने, ‘हाम्रो दुई देशबीचमा त्यस्तो ठूलो कुनै कारण छैन । रहेका विषयहरु आपसमा शान्तिपुर्वक बसेर समाधान गर्न सकिन्छ ।
प्रतिकृया