• २५ भदौ २०८३, बिहीबार
  • ८ः५६ राती

श्रम स्वीकृति अनिश्चितकालका लागि बन्द, नेपाल भित्रनेलाई १४ दिन क्वारेनटाइनमा राखिने

प्रकाशित मिति

२०७६ फाल्गुन ३० गते, शुक्रबार ०३:५६

काठमाडौं, विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको प्रभाव नेपाल पनि देखिएको छ । नेपाल सरकारले वैदेशिक रोजगारीमा जानेका लागि दिने गरेको श्रम स्वीकृति अनिश्चितकाल सम्मका लागि स्थगित गरेको छ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले कोरोना भाइरसलाई महामारीको घोषणा गरेसँगै बिहीवार बसेको कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि बैठकले यस्तो निर्णय गरेको हो ।

National Life

बिहीबार बसेको उच्चस्तरीय सम्वन्य समितिको बैठकले अर्को सूचना प्रकाशन नहुन्जेलसम्म श्रम स्वीकृति रोकेको वैदेशिक रोजगार विभागले जनाएको छ । नेपालको मुख्य श्रम गन्तव्य कतार, शाउदी, मलेसिया, यूएई लगायतका देशमा पनि अहिले कोरोना भाइरसको संक्रमण फैलिएको छ । विदेशीहरुलाई दिइँदै आएको अनअराइभल भिसा १४ मार्च २०२० देखि ३० अप्रिल २०२० सम्म लागि यस अघि नै स्थगित गरिएको छ ।

यसअघि भिसा लिइसकेका विदेशी नागरिकहरुले नेपालको अध्यागमन विन्दूमा आईपुग्ने मितिभन्दा एकसाताभित्र स्वास्थ्य जाँच रिपोर्ट अध्यागम कार्यालयमा बुझाउनु पर्ने व्यवस्था गरिएको छ । शनिवारदेखि नेपाल प्रवेश गर्ने नेपाली, गैरआवसीय नेपाली र विदेशीहरुले १४ दिनसम्म क्वारेन्टाइनमा बस्नुपर्ने छ ।यसअघि सरकारले दक्षिण कोरियामा मार्च महिनाभर श्रमिक नपठाउने निर्णय गरेको थियो ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया