१४ औं कांग्रेस महाधिवेशन : सभापतिको लागि आधा दर्जन नेताको दौडधुप
प्रकाशित मिति
२०७६ फाल्गुन ३० गते, शुक्रबार ०८:१७
काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अगामी फागुन महिनामा हुँदैछ । महाधिवेशनबाट पार्टी सभापतिमा निर्वा्चित हुन ८ जना नेताहरु आन्तरिक तयारीमा जुटेका छन् ।

वर्तमान सभापति शेरबहादुर देउवाले फेरि पार्टी सभापति हुने गतिविधि अगाडि बढाइरहेका छन् । उनले आफ्नो खेमाबाट एकल उम्मेदवारीको चाँजोपाँजो मिलाइरहेका छन् ।
उनकै खेमाका उपसभापति विमलेन्द्र निधि र नेता गोपालमान श्रेष्ठले भावी सभापतिमा चाहना राखेको पाइन्छ । देउवाकै कारण गत आमनिर्वाचनमा पार्टीको लज्जाजनक पराजय भएको, सरकारविरुद्ध प्रतिपक्षी भूमिका खेल्न नसकेको र पार्टीलाई एकताबद्ध बनाउनुको साटो गुट बलियो बनाउन लागेको आरोप लगाउँदै आएको अर्को खेमा देउवालाई अबको नेतृत्वमा आउनै नदिने कसरतमा जुटेको छ ।

१३ औं महाधिवेशनमा देउवासँग प्रतिस्पर्धा गरेका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफ्नो खेमाको तर्फबाट सभापतिमा पुग्ने कसरत गरिरहेका छन् । तर, उनकै खेमाबाट महामन्त्री डा.शशांक कोइराला, शेखर कोइराला र प्रकाशमान सिंह सभापति बन्ने कसरतमा जुटिरहेका छन् ।
१३ औं महाधिवशेनमा सभापतिको उम्मेदवार बनेर पराजित भएका नेता कृष्णप्रसाद सिटौला पार्टी सभापतिमा फेरि उम्मेदवारी दिने तयारीमा छन् । भावी सभापति बन्न नेताहरुको आन्तरिक कसरत चलिरहेको बेला कांग्रेसलाई निकटबाट चिनेका राजनीतिक विश्लेषक किशोर नेपाल अबको नेतृत्व ६० वर्षमुनिका नेताबाट ल्याउनु उचित हुने बताउछन् ।
उनले देउवा खेमाबाट उपसभापति निधि र पौडेल खेमाबाट डा.शशांक कोइरालाको सम्भावना औंल्याएका छन् ।



प्रतिकृया