• २९ भदौ २०८३, सोमबार
  • ३ः०४ दिउँसो

नेपाल पुनःबीमा कम्पनीले साढे एक अर्ब बराबरको साधारण शेयर बिक्री गर्ने

प्रकाशित मिति

२०७६ फाल्गुन २५ गते, आईतवार ०३:४८

काठमाडौँ, धितोपत्र बजारमा सेयर कारोवार मापक नेप्से परिसूचक उतारचढावपूर्ण अवस्थामा रहेको बेला ठूलो मात्राको साधारण सेयर बिक्री हुने भएको छ। नेपाल धितोपत्र बोर्डले दिएको स्वीकृति अनुसार नेपाल पुनःबीमा कम्पनीले आगामी चैत ४ गतदेखि रु एक अर्ब ६० करोड बराबरको साधारण शेयर बिक्री गर्ने तयारी गरेको छ। साधारण सेयर बिक्रीका लागि कम्पनीले शुक्रबार एक आह्वान पत्र समेत सार्वजनिक गरेको छ।

National Life

कम्पनीका अनुसार प्रतिकित्ता रु १०० दरका कूल एक करोड ६० लाख कित्ता साधारण सेयर बिक्री गर्न लागिएको हो। बिक्री गर्न लागिएको शेयरमध्ये ७३ हजार ५०० कित्ता कर्मचारीलाई सुरक्षित गरिएको छ।

यस्तै कूल आठ लाख कित्ता साधारण सेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ। आह्वानपत्रअनुसार कूल एक करोड ५१ लाख २६ हजार ५०० कित्ता सेयर भने आम सर्वसाधारणका लागि बिक्री गरिनेछ।

Classic Tech Mobile
Classic Tech Desktop

सो कम्पनीको सेयर खरिद गर्न चाहने लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन पाउने व्यवस्था गरिएको छ।
आगामी चैत ४ गतेदेखि बिक्री हुने उक्त साधारण सेयर बढीमा चैत ७ गतेसम्म रहनेछ। कम्पनीको सेयर बिक्री प्रबन्धक आरबिबी मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ। कम्पनीको अधिकृत पूँजी रु १५ अर्ब, जारी पूँजी रु १० अर्ब र चुक्ता पूँजी रु आठ अर्ब ४० करोड रहेको छ। साधारण शेयर बिक्रीपश्चात् कम्पनीको कूल चुक्ता पूँजी रु १० अर्ब पुग्नेछ।

प्रतिकृया