• ४ साउन २०८३, सोमबार
  • ३:३२ बिहान

‘मिस वर्ल्ड’ टोनी र मन्त्री भट्टराईबीच भेटवार्ता

प्रकाशित मिति

२०७६ फाल्गुन २४ गते, शनिबार १२:४२

काठमाडौं, ‘मिस वर्ल्ड’ २०१९ टोनी एन सिंह र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईबीच भेटवर्ता भएको छ ।  संस्कृति, पर्यटन र उड्डयन मन्त्रालयको निमन्त्रणामा र मिस नेपाल आयोजक संस्था हिडन ट्रेजरको समन्वयमा उनी तीन दिनकालागी नेपाल आएकी हुन् ।

टोनीका साथमा मिस वल्र्ड आयोजकका अध्यक्ष जुलिया मार्ले र निर्देशक स्टिभ डग्लससमेत नेपाल आएका छन् । उनीहरू मिस नेपाल वर्ल्ड २०१९ अनुष्का श्रेष्ठ र मिस नेपाल वर्ल्ड २०१८ शृङ्खला खतिवडाले बनाइरहेको प्रोजेक्ट अवलोकन गर्न र नेपालमा मिस वर्ल्ड आयोजना गर्ने नगर्ने विषयमा अध्ययन गर्न नेपाल आएका बताइएको छ ।

Kamana Sewa

प्रतिकृया