• २७ भदौ २०८३, शनिबार
  • ११ः४७ बिहान

दुर्गम चेपाङ बस्तीमा ’विश्व सुन्दरी’

प्रकाशित मिति

२०७६ फाल्गुन २४ गते, शनिबार ०८:२७

हेटौंडा । नेपाल भ्रमणका रहेकी विश्व सुन्दरी (मिस वल्ड) टोनी एन सिङ मकवानपुरको दुर्गम चेपाङ बस्ती पुगेकी छिन्।

National Life

मकवानपुरको कैलाश गाउँपालिका ७ नम्बर वडामा बनेको ङिको स्वास्थ्यचौकी हेर्न मिस वल्ड टोनी एन सिंह, मिस वल्डकी अध्यक्ष जुलिया मोर्ले, मिस नेपाल २०१८ श्रृंखला खतिवडा, मिस नेपाल २०१९ अनुष्का श्रेष्ठ र मिस नेपालका आयोजक दुईवटा हेलिकोप्टर लिएर पुगेका हुन्। पूर्व मिस नेपाल शृङ्खलाले २०१८ को मिस वल्डमा ’ब्युटी अफ दी प्रर्पज’ को लागि कैलाश गाउँपालिका ७ मा स्वास्थ्य चौकी बनाएकी थिइन्।

Classic Tech Mobile
Classic Tech Desktop

उक्त स्वास्थ्य चौकीले कैलाश ७ र राक्सिराङ गाउँपालिका ४ नम्बरका स्थानीय करिब ७ सय घर धुरीका ४ हजारलाई लक्षित गरेर बनेको ङिको स्वास्थ्य चौकीले दैनिक ३० जनासम्मलाई सेवा दिन सक्ने कैलाश ७ का वडाध्यक्ष उदास लामाले जानकारी दिएका छन्। अवलोकनको क्रममा मिस वल्डकी अध्यक्ष मोर्लेले २०१८ को मिस वल्डमा ब्युटी पर्पज जित्न सफल भएको स्थानमा पुग्न र देख्न पाएकामा खुसी व्यक्त गरिन्।स्वाथ्यचौकीको अवलोकनपछि अध्यक्ष मोर्लेले बर्थिङ सेन्टर चलाउन समेत आर्थिक सहयोग गर्ने प्रतिबद्धता गरिन्।

मिस वल्ड र मिस वल्ड आयोजक संस्थाको टोली संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको निमन्त्रणालाई स्वफकार्दै उनीहरू ३ दिनका लागि नेपाल भ्रमणमा आएका हुन्। कार्यक्रममा बागमती प्रदेश सांसद मुनु सिग्देल, संविधानसभा सदस्य गोविन्दराम चेपाङ, हेटौँडा उपमहानगरपालिकाकी उपमेयर मीनाकुमारी लामा, कैलाश गाउँपालिका अध्यक्ष टंकबहादुर मुक्तान, उपाध्यक्ष सुकुमाया थिङ, मनहरी गाउँपालिका अध्यक्ष एकराज उप्रेती, उपाध्यक्ष मनिला बिष्टलगायत जनप्रतिनिधि र सुरक्षाकर्मीको सहभागिता रहेको थियो।

प्रतिकृया