• २५ भदौ २०८३, बिहीबार
  • ६ः५९ बेलुका

कोरोना त्रास : हालसम्म ३ हजार ३८३ को मृत्यु, करिब एक लाख संक्रमित

प्रकाशित मिति

२०७६ फाल्गुन २४ गते, शनिबार ०६:३०

काठमाडौं । गतवर्ष डिसेम्बरदेखि चीनको वुहान प्रान्तबाट फैलिएको कोरोनाका कारण चीनमा मात्रै २ हजार ९३१ जनाले ज्यान गुमाएका छन् । यहाँ संक्रमित हुनेको संख्या पनि सबैभन्दा धेरै अर्थात ८० हजार ५ सय ५५ छ ।

National Life

चीन बाहेकका १४ देशमा ३४१ जनाले ज्यान गुमाएका छन् । विश्वभर फैलँदै गएको कोरोनाको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३ हजार ३८३ पुगेको छ । विश्वका ८४ देशमा फैलिएको कोरोनाको संक्रमणबाट ९८ हजार ३ सय ८२ जना संक्रमित रहेको बीबीसीले जनाएको छ ।

यता बेलायतमा पनि एकजनाको कोरोनाकै कारण ज्यान गएको छ । कोरोना भाइरसको सङ्क्रमण देखिएपछि उपचार गराइरहेकी ७० वर्षीया महिलाको ज्यान गएको बेलायतका स्वास्थ्य अधिकारीहरुले पुष्टि गरेका छन् । भारतमा संक्रमितहरुको संख्या ३० पुगेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया