• ९ असोज २०८३, शुक्रबार
  • १२ः०२ राती

फिल्मको सम्पुर्ण छायाङ्कन रोक्न नेपाल चलचित्र निर्माता संघको आह्वान

प्रकाशित मिति

२०७६ फाल्गुन २२ गते, बिहीबार ०४:२४

काठमाडौं, नेपाल चलचित्र निर्माता संघले सम्पूर्ण फिल्मको छायाङ्कन कार्य रोक्न सूचना जारी गरेको छ। विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड–१९) को जोखिम बढ्दै गएकाले संघले सम्पूर्ण चलचित्रकर्मीलाई सम्भव भएसम्म छायाङ्कन स्थगित गर्न अनुरोध गरेको हो ।

National Life

बिहीबार विज्ञप्ति जारी गर्दै संघले यस्तो सूचना जारी गरेको हो। नेपाल सरकारले कोरोना भाइरसको संक्रमणबाट बच्नका लागि पारिवारिक जमघट, मेला महोत्सव, जात्रा पर्वजस्ता कार्यक्रममा सरिक नहुन र त्यस्ता कार्यक्रम स्थगन गर्न अनुरोध गरेसँगै संघले पनि फिल्मकर्मीका लागि यस्तो सूचना जारी गरेको हो।

सबै चलचित्रकर्मीहरू देश र जनताप्रति उत्तरदायी हुनपर्ने धारणा राख्दै सम्पूर्ण चलचित्रकर्मीलाई प्रत्यक्ष र परोक्षरूपमा भाइरस सर्ने जोखिमबाट बच्न संघको आग्रह छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया