• ७ असोज २०८३, बुधबार
  • १२ः५६ दिउँसो

नेपाल–भारत समन्वय समितिको बैठक बुधबार बस्दै

प्रकाशित मिति

२०७६ फाल्गुन २० गते, मंगलवार ०१:२९

काठमाडौं, नेपाल–भारतको जिल्लास्तरीय समन्वय समितिको बैठक बुधबार बैतडीमा बस्ने भएको छ । भारतसँग सीमा जोडिएका सुदूरपश्चिम प्रदेशका पहाडी जिल्ला बैतडी र दार्चुला तथा भारतको उत्तराखण्डको पिथौरागढको संयुक्त बैठक बस्न लागेको हो ।

National Life

बैठकमा भारतको पिथौरागढ जिल्लाका डिस्टिक म्याजिस्टेट (डिएम) डाक्टर विजयकुमार जोगदण्डे, बैतडीका प्रमुख जिल्ला अधिकारी आनन्द पौडेल, दार्चुलाका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलको सहभागिता रहने जनाइएको छ । जिल्ला प्रशासन कार्यालय बैतडीमा सञ्चालन हुने बैठकमा पिथौरागढ, बैतडी र दार्चुलामा सुरक्षा निकायका प्रमुखहरुको पनि सहभागिता रहने भएको छ ।

बैठकमा दुईपक्षीय/बहुपक्षीयका विभिन्न २१ बुँदामा छलफल हुने बैतडीका प्रमुख जिल्ला अधिकारीले जनाएका छन् । दुई देशको जिल्लास्तरीय समन्वय समितिको बैठक बैतडीमा पहिलोपटक बस्न लागेको हो ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया