भीम रावललाई विमानस्थलको भीआईपीमा सुरक्षाकर्मीले रोक लगाएपछि…
प्रकाशित मिति
२०७६ फाल्गुन १७ गते, शनिबार ०३:४७
धनगढी, नेकपाका नेता एवं पूर्वगृहमन्त्री भीम रावललाई सुरक्षाकर्मीले धनगढी विमानस्थलको भीआईपी कक्षा प्रवेशमा रोक लगाएका छन् । नेता रावलले राष्ट्रपति विद्यादेवी भण्डारी आउने भएका कारण आफूलाई विमानस्थलको भीआईपी पस्न नदिएको जवाफ सुरक्षाकर्मीले दिनु भएको हो ।
नेकपा सुदूरपश्चिम प्रदेश इन्चार्जसमेत रहेका रावल पार्टीका कामका लागि शनिबार काठमाण्डुबाट धनगढी पुग्नु भएको हो । रावलले आफूलाई विमानस्थलको विशिष्ट कक्ष प्रवेश गर्न नदिइएकामा आश्चर्य प्रकट गर्दै ‘राष्ट्रपति आउने भएकाले जान नमिल्ने भनियो’, धनगढीमा सञ्चारकर्मीसँग रावलले थपे, ‘पूर्वजानकारी बिनै भीआईपीमा छिर्न नदिइनु आश्चर्यको विषय हो ।’ उहाँले आफू पनि जननिर्वाचित सांसद रहेको भन्दै गृह र रक्षा मन्त्रालयको नेतृत्व गरिसकेको हैसियतमा सुरक्षा संवेदनशीलता बुझ्ने बताउनुभयो ।





प्रतिकृया