ऐतिहासिक धरोहरहरुको मर्मत गरेर नेपाल भ्रमण वर्षलाई सहयोग गर्नेः प्रधानसेनापति थापा
प्रकाशित मिति
२०७६ फाल्गुन १६ गते, शुक्रबार ०६:५५
संविधानले सुम्पेको जिम्मेवारीमा नेपाली सेना अडिग
बाँके । प्रधानसेनापति पूर्णचन्द्र थापाले नेपाली सेना इतिहासदेखि आजसम्म आफ्नो कर्तव्यमा अडिग र अविचलित रहँदै नेपालको संविधानले सुम्पिएका विशिष्ट जिम्मेवारीहरु निर्वाह गर्दै आएको बताएका छन् ।
प्रधानसेनापति थापाले आज नेपालगन्जस्थित चारबाहिनी ब्यारेकमा आयोजित भूतपूर्व नेपाली सैनिकको तेस्रो चरणको पाँचौँ सम्मेलनको उद्घाटनमा बोल्दै, ‘‘हाम्रा पूर्खाहरुको रगत र पसिना तथा बलिदानद्वारा रचित सुनौलो र गौरवमय इतिहासलाई जीवन्त राख्न हामी सेवारत र सेवानिवृत्त सैनिकहरु सदैव समर्पित रहेका छौँ र रहनु पर्दछ ।’’
उनले देशमा पहिचान भएका ऐतिहासिक धरोहरहरुको मर्मतसम्भार गर्ने, युद्ध सङ्ग्रालय संस्कृतिको विकास गर्ने तथा नेपाल भ्रमण वर्षलाई समेत टेवा पुर्याउने उद्देश्यले यस वर्ष सिन्धुलीगढीमा युद्ध सङ्ग्रहालय निर्माण, काभे्रको पृथ्वीगढी थुम्कामा भ्यू प्वाइन्ट निर्माण तथा पाल्पा दरवारमा शस्त्रअस्त्र कक्ष निर्माण कार्य शुरु भएको जानकारी दिए । थापाले बारामा यसै वर्षबाट युनिफिकेशन मेमोरियल पार्क निर्माण कार्यको थालनी गरिएको जानकारी दिए ।
प्रधानसेनापति थापाले सेवानिवृत्त भएका पूर्व सैनिकहरुको आर्थिक सामाजिक जीवनस्तर अभिवृद्धिका लागि सैनिक कल्याणकारी कोषबाट शिक्षा, स्वास्थ्य, सीप र स्वरोजगार तथा सुविधार र सहुलियतलाई बढाउँदै लगिएको र यसलाई पूर्व सैनिकको घरदैलामै पु¥याउने गरी सेवा विस्तार र विविधीकरण गरिएको बताए । हाल नेपाली सेनामा सकल दर्जाका गरी करिब ८५ हजार सेवानिवृत्त छन् हितकारीको सङ्ख्या करिब आठ लाख रहेको छ ।
सो अवसरमा प्रधानसेनापति थापाले घाइते भएका भूतपूर्व सैनिकलाई ह्वीलचेयर र वैशाखी वितरण गर्नुका साथै सैनिक कल्याणकारी कोषद्वारा सञ्चालित लघुकर्जा लिन इच्छुक एकल महिला एवं सैनिक परिवारका सदस्यलाई चेक हस्तान्तरण गरेका थिए ।
सम्मेलनमा बलाध्यक्ष रथी गौरव तण्डुलले सैनिक कल्याणकारी कोषमा हालसम्म जम्मा भएको रु ५० अर्बबाट विभिन्न कल्याणकारी सेवामा लगानी गरिएको उल्लेख गर्दै भूतपूर्व सैनिकबीचको सम्बन्धलाई अझ कसिलो र नजिक बनाउन यस किसिमको सम्मेलन निकै उपयोगी रहने बताए ।
नेपाल राष्ट्रिय भूतपूर्व सैनिक सङ्घका वरिष्ठ उपसभापति सहायक रथी९अवकाशप्राप्त० केशवबहादुर भण्डारी र अवकाश प्राप्तबाटतर्फबाट रथी नेपालभूषण चन्दले पूर्व सैनिकले देश र जनताका लागि बगाएको रगत र पसिनाको कदर गरी सञ्चालन गरिएका विभिन्न कल्याणकारी काम बारेमा प्रकाश पारेका थिए ।






प्रतिकृया