• २० असार २०८३, शनिबार
  • ५:३२ बेलुका

दर्शकबिहिन खेलमा इन्टर विजयी

प्रकाशित मिति

२०७६ फाल्गुन १६ गते, शुक्रबार ०८:०६

एजेन्सी । इटाली, कोरोनाभाइरसको संभावित जोखिमलाई मध्यनजर गर्दै खाली रंगशालामा खेलाइएको खेलमा इन्टर मिलानले लुडोगोरेट्स राजग्राडलाई पराजित गरेको छ ।

युरोपा लिगको अन्तिम १६ का लागि भएको दोश्रो लेगमा इन्टर मिलानले राजग्राडलाई २-१ ले पराजित गरेको हो । इन्टर संमग्रमा ४-१ ले विजयी हुँदै अन्तिम १६ मा पुगेको हो ।

Kamana Sewa

दोश्रो लेगमा २-१ को जित हासिल गर्ने क्रममा क्रिष्टियानो बिरागी र रोमेलु लुकाकुले गोल गरे। उनीहरूले खेलको ३१ तथा ४५ं४ औं मिनेटमा गोल गरेका हुन्।
त्यसअघि राजग्राडले खेलको २६ औं मिनेटमा ओलिभिएरा सोउजाको गोलमा अग्रता लिएको थियो जसलाई ३१ औं मिनेटमा इन्टरले बराबरी गरेको थियो।

Classic Tech Desktop

प्रतिकृया