• 8:54 pm

आफूमाथि बात लागेपछि गोकुल बास्कोटाले राजीनामा दिनुभएको हो, आरोप लागेको छैनः प्राधनमन्त्री ओली

प्रकाशित मिति

२०७६ फाल्गुन १५ गते, बिहीबार ०६:०४

काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओली ७० करोड अडियो प्रकरणबारे पहिलो पटक टिप्पनी गर्नु भएको हो । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को बागमती प्रदेशस्तरीय प्रशिक्षणलाई सम्बोधन गर्दै पार्टी अध्यक्ष समेत रहनु भएको ओलीले निवर्तमान सञ्चारमन्त्री गोकुल बास्कोटाको बचाउ टिप्पणी गर्नुभएको हो ।

कार्यक्रममा प्राधनमन्त्री मन्त्री ओलीले सम्बोेधन गर्दै ‘आफूमाथि बात लागेपछि गोकुल बास्कोटाले राजीनामा दिनुभएको हो । आरोप लागेको छैन, मुद्दा लागेको छैन । ’ भ्रष्टाचार भए नभएको छानबिन हुने भन्दै उहाँले भने, ‘यो आन्दोलनलाई बद्नाम गर्ने र नेताहरुको चरित्र हत्या गर्ने षड्यन्त्र भइरहेको छ ।’ यदि भ्रष्टाचार भएको भए कारबाही गर्ने तर झुटो आरोप लगाएको भए त्यसको प्रतिवाद गर्ने समेत बताउनुभयो ।

प्रतिकृया