• 1:16 am

प्रधानमन्त्री ओलीलाई ईश्वरको मात्रै साथ!

प्रकाशित मिति

२०७६ फाल्गुन १५ गते, बिहीबार ०१:५५

काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीलाई अब ईश्वर पोखरेलको मात्रै साथ रहने भएको छ । सचिवालयमा ओलीलाई यसअघि ईश्वर पोखरेल र विष्णु पौडेलको साथ थियो तर, पछिल्लो समय विष्णु पौडेलले समेत ओलीको साथ छोडेको नेकपानिकट उच्च स्रोतले जनकारी दिएको छ ।

नेकपा पार्टीभित्र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, बरिष्ठ नेताद्धय माधव कुमार नेपाल र झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठ, सचिवालय सदस्य रामबहादुर थापा ‘बादल’ को गठबन्धन हाबी भएपछि अध्यक्ष ओली स्पष्ट अल्पमतमा परेका छन् ।

बहुमतले निर्णय गर्न थालेपछि विष्णु पौडेलले समेत दाहाल–नेपाल गठबन्धनलाई साथ दिएको खुलासा भएको छ । उपाध्यक्ष गौतमलाई राष्ट्रियसभा सदस्य बनाउने निर्णय गर्दापनि विष्णु पौडेलको समर्थन थियो । जबकी अध्यक्ष ओलीको पक्षमा देखिएका पोखरेल भने मौन थिए ।

प्रतिकृया