• ७ असोज २०८३, बुधबार
  • १२ः१८ राती

कर्णाली नदीमा यात्रुबाहक जीप खस्यो

प्रकाशित मिति

२०७६ फाल्गुन १३ गते, मंगलवार ११:१८

कालिकोट । कालिकोट जिल्लाको जिते बजारस्थित कर्णाली नदीमा जीप खसेको छ । रास्कोटदेखि यात्रु बोकेर लालिघाट का लागि हिँडेको लु. २ ज ४१४१ नम्वरको जीप यात्रुलाई झारेर मोड्दै गर्दा नदीमा खसेको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ ।

National Life

जीप नदीको बिचमा डुबेको छ । दैलेख जिल्ला गुराँस गाउपालिका वडा न ४ घर भएका २१ वर्षका चालक टक्क खड्काको मृत्यु भइसकेको जनाइएको छ । जीप रास्कोट नगरपालिका वडा न. छ निवासी मन तिरूवाको जनाइएको छ । नदीको बिचमै डुबेको जिपको उद्धारमा कठिनाई रहेको छ ।

प्रतिकृया