• २० असार २०८३, शनिबार
  • ५:३१ बेलुका

प्रधानमन्त्री ओलीलाई कालो झन्डा देखाउन खोज्ने चार जना पक्राउ

प्रकाशित मिति

२०७६ फाल्गुन १२ गते, सोमबार ०१:३३

पोखरा, प्रधानमन्त्री केपी शर्मा ओलीलाई कालो झण्डा देखाउन खोज्ने चार जना विद्यार्र्थी पक्राउ परेका छन् । समाजवादी पार्टी निकट समाजवादी विद्यार्थी युनियनका विद्यार्थी पोखरा सभागृहको गेटबाहिर कालो झन्डा देखाउने तयारी गर्दै नाराबाजी गरिरहेका बेला पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा समाजवादी विद्यार्थीका उपाध्यक्ष नेत्र चापागाईं, रेशम सापकोटालगायत ४ जनारहेका छन् । विद्यार्थीले निवर्तमान सञ्चारमन्त्री गोकुल बास्कोटाको अडियो प्रकरण, यति होल्डिङ्सलाई सर्वाजनिक जग्गा उपलब्ध गराएको, नेकपा सरकार भष्ट्राचारमा लिप्त भएको लगायतका आरोप लगाउँदै नाराबाजी गरेका थिए ।

Kamana Sewa

नेकपा गण्डकी प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्न प्रधानमन्त्री ओलीलगायतका नेता पोखरा सभागृहमा आएका हुन् । पोखरा सभागृहमा सोमबार र मंगलबार प्रशिक्षण र बैठक बस्दैछ । प्रशिक्षणमा करिब १६ सय सहभागी हुँदैछन् ।

Classic Tech Desktop

प्रतिकृया