• ६ असोज २०८३, मंगलबार
  • १०ः२० बिहान

एक्स्पो नाफामुखी नभएर जानकार मुलक होः सचिव खरेल

प्रकाशित मिति

२०७६ फाल्गुन ८ गते, बिहीबार ०६:११

expo

समग्र विकास नै समृद्धि हो: प्रेस सल्हाकार के.सी.

बुटवल, संमृद्ध प्रदेश खुसी जनताको अभियानका साथ हुन गईरहेको “प्रदेश एक्स्पो” मा प्रदेश सरकारले सम्पादन गरेका कार्यहरु सरकारले सम्पादन कार्यहरु, प्रदेश भित्रका नवीनतम प्रविधि र कार्यहरुको जानकारी दिने, योग, ध्यान र निशुल्क स्वास्थय शिविर सञ्चालन गर्ने, प्रदेश भित्रका उैतिहासिक, सांस्कृतिक, धार्मिक, पर्यटकीय झलक, उत्पादित वस्तु तथा आद्य सामाग्री लगायतको पदर्शन गर्ने उद्देश्यले यहिँ फागुन १०, ११ र १२ दाङ बेलझुडीको बारेमा जानकारी गराएका छन् ।

National Life

रिपोर्टर्स क्लब प्रदेश ५ ले आयोजना गरेकोे साक्षात्कारमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव शंकर प्रसाद खरेलले यो कार्यक्रम नाफा मुलक नभएर जानकारमुखी भएको बताएका छन् । उक्त कार्यक्रममा प्रदेश ५ का सबै मन्त्रालयले आाफुले गरेको कामको प्रस्तुत गर्ने छन् साथै १२ वटै जिल्लाबाट जिल्लाको पहिचान झल्किने उत्पादन तथा हाल सम्म गरिएका कार्यक्रमको प्रर्दशनी रहने छ । विभिन्न शैक्षिक क्षेत्रबाट आविषकार गरेका नविन प्रविधीहरुको प्रर्दशन, मौलिक प्रदेश भित्रका मौलिक ज्ञान, शिप, लोककला, खाना, तथा परिकारको प्रतुस्ती र प्रर्दशन रहनेछ ।

कार्यक्रममा निजी क्षेत्रहरुको स्टलमा उद्योगीहरुले आफ्नो व्यवसाय तथा उत्पादनको प्रर्दशन तथा प्रस्तुतीकरण गर्ने बताएका छन् । यसै शिल्सीलामा मुख्यमन्त्रीका प्रेस सल्लाकार शेर बहादुर के।सी। ले समग्र प्रदेशको विकास नै समृद्धि हो । यसको लागि सबै कार्यक्रमहरु एकै ठाँउमा गर्नु भन्दा फरक फरक ठाँउमा गर्दा त्यस ठाँउको पनि विकासमा टेवा पुग्ने बताएका थिए । कार्यक्रम राम कुमार क्षेत्रीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया