• ६ असोज २०८३, मंगलबार
  • १ः२४ दिउँसो

७० करोड बार्गेनिङ प्रकरण बाहिर ल्याउने मिश्र प्रहरीको खोजीमा

प्रकाशित मिति

२०७६ फाल्गुन ८ गते, बिहीबार ०५:५६

काठमाडौं, भर्खरै राजीनामा दिएका सञ्चारमन्त्री गोकुल बाँसकोटाको ७० करोड बार्गेनिङ प्रकरणमा अडियोमा सुनिएका विजयप्रकाश मिश्रलाई प्रहरी खोजी सुरु गरेको छ । संसदको सार्वजनिक लेखा समितिले नेपाल प्रहरीको साइबर क्राइम व्यूरोलाई पत्राचार गर्दै कारबाहीको लागि सिफारिस गरेसँगै प्रहरीले उनको खोजतलास सुरु गरेको हो । मिश्र भर्खरै राजीनामा दिएका सञ्चारमन्त्री बाँस्कोटासँग अडियोमा घुस रकम डिल गरिरहेका व्यक्ति हुन् ।

National Life

लेखा समितिले विजयप्रकाश मिश्र र प्रभात किशोर उपाध्यायलाई साइबर क्राइममा मुद्दा चलाउन निर्देशन दिएको हो । व्यूरोका एक प्रहरी अधिकृतले भने ‘अब अनुसन्धान गर्छौं, सुरक्षण स्थापना सम्बन्धित विचाराधीन विषयसँग जोडिएका सांसदको चरित्रहत्या गर्ने प्रयास भएकाले कारबाही गर्न निर्देशन दिएको थियो ।’

प्रतिकृया