अध्यक्ष डा.भट्टराईले प्रधानमन्त्रीलाई कालीदासको संज्ञा दिएपछि…
प्रकाशित मिति
२०७६ फाल्गुन ७ गते, बुधबार ०४:०२
आंगको फोहर पखालिन्न भन्ने बुझ्दा राम्रै होला
काठमाडौं, पूर्व प्रधानमन्त्री तथा समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष केपी ओलीलाई कालीदासको संज्ञा दिनु भएको छ ।
प्रतिशोधको मनशायले प्रधानमन्त्री केपी शर्मा ओलीले २०२६ सालमै राजा महेन्द्रले बिर्ता त्यागी रैकरमा परिणत गरेको मातातिर्थको जोताहा र मोहीको जग्गासम्बन्धी भ्रम छरेको भन्दै डा.भट्टराईले सत्यतथ्य नबुझेको भन्दै प्रधानमन्त्री ओलीलाई यस्तो संज्ञा दिनु भएको हो ।
उहाँले सामाजिक सञ्जाल ट्विटरमा ट्वट गर्दै , ‘आंगको फोहर पखालिन्न भन्ने बुझ्दा राम्रै होला !मन्त्रीपरिषदको विधिसम्मत नीतिगत निर्णयलाई काटेर कालीदासले झैं हाँगामा बसेर फेद काट्दा के हविगत हुन्छ स्मरण गर्नु उचित होला !जोताहा किसानको जमीन फेरि राजाको नाउँमा लगेर ट्रष्ट हुँदै यति होल्डिंग्सलाई सुम्पने दाउ हो भने भन्नु केही छैन !’

साथै उहाँले आफुलाई विना कारण यसमा समावेश गर्न खोजीएको तर्क दिदैं लेख्नुभएको छ ।, सत्यतथ्य नबुझी राजनीतिक प्रतिशोधको मनसायले देशको प्रम @kpsharmaoli ले२०२६ सालमै राजा महेन्द्रले बिर्ता त्यागी रैकरमा परिणत गरेको मातातिर्थको जोताहारमोहीको जग्गासम्बन्धी मेरो मन्त्रीपरिषदको नीतिगत निर्णयलाई उछालेर संसद र जनतालाई भ्रम छर्नु आपत्तिजनक छ।अरूमाथि हिलो छ्यापेर आफ्नो !’







प्रतिकृया