• २३ भदौ २०८३, मंगलबार
  • ७ः४८ बेलुका

सरकारको विरुद्ध तरुण दलले निकाल्यो मसाल जुलुस

प्रकाशित मिति

२०७६ फाल्गुन २ गते, शुक्रबार ०६:५९

भक्तपुर । नेपाली काँग्रेसको युवा संगठन नेपाल तरुण दल भक्तपुरले सरकार बिरुद्ध मसाल जुलुस आन्दोलन गरेको थियो । उक्त आन्दोलन बहाखा बजारबाट शुरु भएको थियो । साथै मसाल जुलुसमा नेपाली काँग्रेसका भक्तपुर सभापति दुर्लभ थापा लगायतका जिल्ला नेताहरुका समेत सहभागी रहेको थियो ।

National Life

उक्त मसाल जुलुस सरकारको अधिनायकबाद बिरुद्ध गरिएको काँग्रेस नेता रंजन ढुंगेलले जानकारी दिनुभयो । तरुण दलको सरप्राइज मसाल जुलुस सफलतापूर्वक नयाँ थिमीमा आइपुगेर सभामा परिणत भएको थियो ।
जुलुसका सहभागिताहरुलाई प्रहरीले रोक्न गरेको प्रयास असफल भएपछि उक्त मसाल जुलुस नयाँ थिमीमा कोण सभा गरि समापन गरिएको थियो ।

सरकार बिरुद्ध नाराबाजी गर्दै निकालिएको काँग्रेसको मसाल जुलुसलाई स्थानीयले कौतुहल पूर्वक हेरेका थिए । नयाँ थिमी स्थित मूल सडकमै कोण सभा हुँदा केहि बेर सवारी आवागमनमा समेत प्रभावित बनेको थियो ।

Classic Tech Desktop

भक्तपुर सभापति राजु थापाले कोण सभामा सम्बोधन गर्दै तरुण दलका चीनबाट नेपाली उद्धारको नाममा खरीपाटीमा सरकारले जबर्जस्ती उनीहरुलाई राख्न लागेकोले त्यसको प्रतिकार स्वरुप मसाल जुलुस आयोजना गरिएको जानकारी दिनुभयो।

सरकारले भक्तपुरमा कोरोना भाइरस फैलाउन उद्धत रहेको आरोप लगाउदै थापाले खरीपाटीमा तरुण दलले यो योजनालाई सफल हुन नदिने बताउनु भयो ।

प्रतिकृया