• २३ भदौ २०८३, मंगलबार
  • ६ः२९ बेलुका

नेकपाका युवा टोलि नेपाली कांग्रेसमा प्रवेश

प्रकाशित मिति

२०७६ फाल्गुन २ गते, शुक्रबार ०६:२३

भक्तपुर । सुर्यविनायक नगरपालिका स्थित वडा ७ गुण्डुमा शुक्रबार युवा टोलि नेकपा परित्याग गरेर नेपाली कांगे्रसमा प्रवेश गरेको छ । उक्त कार्यक्रममा युवा संघका सदस्य तिर्थ लामा, मदन लामा लगायतका २५ जनाको अगुवाइमा आउदो दिनमा समाजबादप्रती उत्तरदायी भएर मन, बचन र कर्मले सङ्गठन तथा विकासका कार्यहरु गर्ने प्रण गरेर पार्टी प्रवेश गर्नुभयो ।

National Life

कार्यक्रमको प्रमुख आथित्यमा नेपाली कांग्रेसका जिल्ला सभापति दुर्लभ थापाले पार्टीमा प्रवेश हुने सम्पूर्ण सदस्यलाई टीका र खादाका साथ सम्मान गर्नुको साथै शुभकामना तथा बधाइ ग्यापन गर्नु भएको थियो ।

उक्त कार्यक्रममा सुर्यविनायक नगरपापलका मेयरका प्रत्यासी नेता विष्णुराज कार्की, , नेपाल तरुण दलका जिल्ला अध्यक्ष राजु थापा, सदस्य सुमन कार्की, अभिलेख शाखा प्रमुख सुशील बस्नेत, संगठन बिभाग सदस्य सुमन न्यौपाने ,रुपक न्यौपाने तथा जगदिश बस्नेत, लगायतका सदस्यहरु, समाजसेवी, स्थानीयवासीहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो ।

Classic Tech Desktop

प्रतिकृया