• १९ भदौ २०८३, शुक्रबार
  • ३ः४३ राती

ओली, खनाल र नेपालले गरे जनयुद्ध दिवसलाई बहिष्कार, प्रचण्ड भए असन्तुष्ट

प्रकाशित मिति

२०७६ फाल्गुन १ गते, बिहीबार ११:४०

काठमाडौं, आज जनयुद्ध दिवस मनाइदै । २५ वर्षअघि तत्कालिन नेकपा माओवादीले ‘जनयुद्ध’ शुरु गरेको थियो । १८ हजारको ज्यान जानेगरी भएको हिंसात्मक द्धन्द्धको शुरुवात भएको आजको दिनलाई पूर्व माओवादीले गौरवशाली दिनका रुपमा मनाउने गरेका छन् । नेपाल कम्युनिष्ट पार्टीको धुम्बाराहीस्थित पार्टी कार्यालयमा जनयुद्ध दिवस मनाइएको छ ।

विहानै जनयुद्ध दिवस मनाउने क्रममा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलगायत पूर्व माओवादीका प्रभावशाली नेताहरु धुम्बाराही पुगेका थिए । तर, कार्यक्रममा नेकपाका अर्का अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली सहभागी भएनन् । नेकपाका वरिष्ठ नेताहरु झलनाथ खनला र माधवकुमार नेपालका अलावा महासचिव विष्णु पौडेल पनि पुगेनन् । पूर्व एमालेबाट स्थायी समिति सदस्य प्रदीप ज्ञवाली मात्र पुगे ।

Kamana Sewa

पूर्व एमालेका नेताहरु जनयुद्ध दिवस मनाउने कार्यक्रममा अनुपस्थित भएपछि धेरैले मुखामुख गरे । यसलाई पूर्व एमालेले जनयुद्धलाई हेय र नकारात्मक दृष्टिले हेरिरहेको रुपमा लिइएको छ । एकतापछि पनि पूर्व एमाले र पूर्व माओवादी भन्ने भावना कायमै रहेको सन्देश प्रवाह भएको छ । नेकपाभित्र पूर्व एमाले फेरि एकजुट भइसकेका छन् । बालुवाटारमा सारङ्की र बाँसुरी साथ साथ बजाएर यसको सन्देश दिन खोजिएको छ । जनयुद्ध दिवसमा पूर्व एमालेको अनुपस्थितिलाई बहिष्कारको रुपमा लिइएको छ । यसप्रति नेकपा अध्यक्ष प्रचण्डले असन्तुष्टि जनाएको बुझिएको छ ।

Classic Tech Desktop

प्रतिकृया