• ३ असोज २०८३, शनिबार
  • ४ः३५ बेलुका

आज सुनको बजारभाउ, मूल्यमा भएन घटबढ

प्रकाशित मिति

२०७६ माघ २७ गते, सोमबार ११:५४

काठमाडौं । सुनको मूल्य घट्ने छाँटकाँट देखिएको छैन । हिजो आइतबार प्रतितोला ७६ हजारमा कारोबार भएको सुन मूल्य आज यथावत रहेको छ । आज सोमबार प्रतितोला ७६ हजार रुपैयाँमा किनबेच भइरहेको छ ।

National Life

निरन्तर उकालो लाग्दै गएको सुनको भाउ केही ओरालो लागेर पुनः उचाइमा पुगेको छ। प्रतितोला ७६ हजार ५ सय रुपैयाँसम्म पुगेको सुनको मूल्य ७४ हजारसम्म आएकोे थियो । पुन : बढेर ७६ हजार पुगेको छ ।

अमेरिका र इरानको तनावले बढेको सुनको भाउ तनाव मत्थर भएसँगै ओरालो लागेको थियो । तर, अहिले पुन : बढेको नेपाल सुन चाँदी व्यवसायी महासंघको भनाइ छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया