• ३ असोज २०८३, शनिबार
  • ३ः१४ दिउँसो

सीमा रक्षाका लागि विशेष अभियान सञ्चालन गर्दैछौँः सशस्त्र प्रहरी महानिरीक्षक खनाल

प्रकाशित मिति

२०७६ माघ २७ गते, सोमबार ११:५६

सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले शान्ति सुरक्षा, सीमा रक्षाका लागि सशस्त्र प्रहरी बल अहोरात्र खटिएको बताउनु भयो । कबहीगोठ गाँउपालिका–२ मा सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउटपोष्टको नव निर्माण भएको भवनको उद्घाटनमा चोरी नियन्त्रणका लागि अभियान सञ्चालन गरिरहेको जानकारी दिनुभयो ।

National Life

महानिरीक्षक खनालले सीमा रक्षाका लागि सक्रिय भई निगरानी बढाउन निर्देशन दिनुभयो । उहाँले ९९ लाख ९९ हजार रूपैयाँ लागतमा दुई वटा आधुनिक भवन, ब्यारेक, कार्यालय, कार्यालय प्रमुखको निवास निर्माण भएको बताउनु भयो । ललितपुर स्थित नाती कन्स्ट्रक्सन्ले भवन निर्माणका लागि ठेक्का पाएको थियो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणि पोखरेल, सशस्त्र प्रहरी बल गण नम्बर १२ का गणपति दिगविजय सुवेदी, गाँउपालिकाका अध्यक्ष महेन्द्र यादवलगायतले आफ्नो विचार व्यक्त गर्दै भवन निर्माणले सशस्त्र प्रहरीलाई कामकाज गर्न सहज हुने धारणा राख्नुभयो ।

त्यसैगरी सिम्रौनगढ नगरपालिकास्थित रहेको वीरेन्द्र चोकमा बिओपी पिपरपातीको नवनिर्मित भवनको प्रदेश २ सशस्त्रका बाहिनीपति राजु अर्यालले उद्घाटन गर्नुभएको थियो । भनवको ठेक्का पनि नाती कन्स्ट्रक्सनले नै लिएको जानकारी दिनुभयो । सो भवनको लागत पनि ९९ लाख ९९ हजार रूपैयाँमा बनाएको सशस्त्र प्रहरी निरीक्षक सुर्दशन अर्यालले जानकारी दिनुभयो ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया