• ८ असोज २०८३, बिहीबार
  • ११ः०६ बिहान

अज्ञात समूहद्दारा प्रहरी चौकीमा आक्रमण, घाइते असईलाई काठमाडौं ल्याइयो

प्रकाशित मिति

२०७६ माघ २५ गते, शनिबार ११:४९

काठमाडौं । सिन्धुपाल्चोकको तिपेनीस्थित प्रहरी चौकीमा मध्यराति भएको आक्रमणमा परी घाइते भएका प्रहरी सहायक निरीक्षक (असई) सन्तोष कुमार झालाई थप उपचारको लागि काठमाडौं ल्याइएको छ ।

National Life

अज्ञात समूहको आक्रमणबाट घाइते भएका असई झाको नेपाल प्रहरी अस्पतालमा उपचार भइरहेको छ । आक्रमणबाट असई झासहित हवल्दार हरिबहादुर मगर घाइते भएका थिए । हवल्दार मगरको मेलम्ची प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ ।

प्रतिकृया