• १६ असोज २०८३, शुक्रबार
  • ८ः११ राती

सूचना टाँसेर स्थगित भयो प्रतिनिधिसभाको दोस्रो बैठक

प्रकाशित मिति

२०७६ माघ २४ गते, शुक्रबार ०३:२०

काठमाडौं, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अवरोध गर्ने चेतावनी दिएपछि शुक्रवार बस्ने भनिएको प्रतिनिधि सभाको बैठक सूचना टाँसेर स्थगित भएको छ ।

National Life

शुक्रवारको पहिलो बैठक कांग्रेसले अवरुद्ध गरेको थियो । संसद सचिवालयका निमित्त महासचिव गोपालनाथ योगीले सूचना प्रकाशित गरी आइतवार दिउसो १ बजेसम्मका लागि बैठक स्थगित गर्नु भएको छ ।

बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा आफ्नो पार्टीका नेतालाई प्रतिशोधपूर्ण र बदलितयपूर्ण ढंगले मुद्दा लगाइएको भन्दै कांग्रेसले बिहीवार र शुक्रवार संसद बैठक अवरुद्ध गरेको थियो ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया