• ६ असोज २०८३, मंगलबार
  • ११ः३८ बिहान

आईसीसीद्वारा भारतीय क्रिकेट टोलीलाई कारबाही

प्रकाशित मिति

२०७६ माघ २३ गते, बिहीबार ११:४२

काठमाडौँ, भारतमाथि अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले जरिबाना लगाएको छ । पहिलो एकदिवसीयमा ‘स्लो ओभर रेट’ मा बलिङ गरेको भन्दै भारतमाथि आईसीसीले खेलको ८० प्रतिशत ‘म्याच फी’ को जरिबाना लगाएको हो । आईसीसी एलाइट प्यानलका म्याच रेफ्री क्रिस बोर्डका अनुसार भारतले चार ओभर ‘स्लो रेट’ मा गरेको भन्दै जरिबाना लगाइएको हो ।

National Life

आईसीसीको ‘कोड अफ कन्डक्ट’ अन्तर्गत २.२२ मा आधारित भएर भारतमाथि जरिबाना लगाइएको हो । आईसीसीले तोकेको भन्दा कम रेटमा बलिङ गरेको भन्दै प्रत्येक खेलाडीलाई २० प्रतिशत जरिबाना लगाएको हो ।

भारतीय कप्तान विराट कोहलीले पनि गल्तीलाई स्वीकार्दै जरिबाना तिर्न तयार रहेको बताए ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया