• १७ असोज २०८३, शनिबार
  • ११ः३१ राती

बालिका अपहरण गर्ने अशिष थापा पक्राउ

प्रकाशित मिति

२०७६ माघ २० गते, सोमबार ०३:४६

भक्तपुर, ६ बर्षीय बालिका अपहरण गर्ने एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही लालबन्दी न.पा. ५ का हाल मध्यपुरथिमी–६ बस्दै आएका २० बर्षीय आशिष थापा रहेका छन् । महानगरीय प्रहरी वृत्त ठिमी र महानगरीय अपराध महाशाखाको संयुक्त प्रहरी टोलीले उनलाई गठ्ठाघरबाट पक्राउ गरेको हो ।

National Life

बालिकालाई आइतबार १२ बजे विद्यालयबाट झुक्काई अपहरण गरिएको थियो । अपहरणकारिले दिउँसो ३ बजे बालिकाको बाबुलाई फोन गरि १६ लाख नगद फिरौती माग गरेका र यदि रकम नदिए ज्यान मार्ने सम्मको धम्की दिएका थिए ।
अनुसन्धानमा अपहरणकारी बालिकाको नजिकको आफन्त रहेको खुलेको छ । यस सम्बन्धमा थप अनुसन्धान भइ रहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया