प्रियंका र आयुष्मान यहि फागुनमा विवाह गर्दै
प्रकाशित मिति
२०७६ माघ १९ गते, आईतवार ०८:३४
काठमाडौं : अभिनेता आयुष्मान देशराज जोशी र अभिनेत्री प्रियंका कार्कीले आउँदो फागुनमा विवाह गर्ने भाएका छन्।
गत वर्ष नै इन्गेजमेन्ट गरिसकेका उनीहरूले फागुन १७ गते विवाह गर्न लागेका हुन् । प्रियंका आयुष्मान बिवाहको तयारीमा जुटिसकेका छन् ।
गत २ वर्षदेखि प्रेम सम्बन्धमा रहेका प्रियंका र आयुष्मान पहिलो पटक फिल्म ‘कथा काठमाण्डु’को सेटबाट भेटेका थिए ।
सोहीबाट उनीहरु बीच प्रेम टुसाएको थियो । केही समय प्रेम सम्बन्ध लुकाएका उनीहरुले सम्बन्ध बाहिर आएपछि सार्वजनिक रुपमा प्रेम स्वीकार गरेका थिए ।
यो जोडी पछिल्लो समय ‘आयांक’ फाउण्डेसन खोलेर एकसाथ काम गर्दै आएका छन् । हुन त आयुष्मान र प्रियंकाको गत असारमा विवाह हुने चर्चा चलेको थियो । तर, दुवै पक्षका परिवारका सदस्यको समय नमिलेका कारण विवाह हुन सकेन ।
केही दिन नजिकका साथीहरुसँग ब्याचलर पार्टी मनाउन थाइल्याण्ड प्रस्थान गरेपछि भने प्रियंकाले यसै वर्ष विवाह गर्न लागेको चर्चा चलेको थियो ।








प्रतिकृया