• ४ साउन २०८३, सोमबार
  • १०:२६ बेलुका

वैदेशिक रोजगारीमा जाने युवालाई बिना धितो सहुलियत ऋण

प्रकाशित मिति

२०७६ माघ १७ गते, शुक्रबार १२:२७

जनकपुर, .प्रदेश नंं २ बाट वैदेशिक रोजगारीमा जाने युवाले बिना धितो सहुलियत ऋण पाउने भएको छ । प्रदेश सरकार, सीप परियोजना र प्रभु बैंकबीच वैदेशिक रोजगारमा जानेलाई सहुलियत दरमा बिना धितो ऋण उपलब्ध गराउन सम्झौता भएको छ । बिहीबार भएको सम्झौता अनुसार बैंकले युवालाई ऋण दिन शुरुआत गरेको हो ।

मुख्यमन्त्री लालबाबु राउतले बैंकको वैदेशिक रोजगार कर्जाको शुभारम्भ गर्दै प्रदेश सरकारको पहल तथा सीप परियोजनाको सहयोगमा कार्यक्रम शुरुआत गरिएको बताउनु भएको छ । उहाँले अब वैदेशिक रोजगारीमा जाने युवाले सीप सिकेर मात्र रोजगारमा जान समेत आग्रह गर्नुभएको छ ।

Kamana Sewa

प्रतिकृया