• 11:23 am

चार ठूला बैंकहरु मर्जरमा जाँदै

प्रकाशित मिति

२०७६ माघ १२ गते, आईतवार ०४:४५

काठमाडौं । सरकारले ठूला बैंकलाई एकै ठाउँमा गाभिनेगरी नीति ल्याएपछि नेपालमा रहेका ठूला बैंकहरु मर्ज हुने भएको छ । एकीकृत वित्तीय प्रणाली लागू गर्नको लागि सरकारले यो नीति अख्तियार गरेको हो । नेपालका ठूला ४ बैंकले यस कार्यलाई मूर्तरुप दिनको लागि थालनी भइसकेको छ ।

नेपालमा रहेको ४ ठूला बैंकहरु नेपाल ईन्भेष्टमेन्ट, हिमालयन,एनसीसी र प्रभु बैंकबीच मर्जर लागु हुने भएको छ । यस सम्बन्धि आवश्यक प्रकृया मिलाउने काम भईरहेको बैंकश्रोतले जानकारी दिएको छ । यसअघि सरकार तथा राष्ट्र बैंकले नै मर्जर चाहेको बारे मौद्रिक नीति तथा बजेटमार्फत जानकारी दिसकेको छ । यसरी सरकारले नै मर्जरको नीति अख्तियार गरेपछि मर्जरपछि केही अवसरहरु पनि सिर्जना हुने गरी बैंकहरुले मर्जरको तयारी गरिरहेको छ ।

केही समयअघि यही नीति अनुसार जनता बैंक र ग्लोबल आइएमई बैंकबीच मर्जर भएर कारोबार पनि शुरु भईसकेको छ । यसरी बैंकहरुले एकअर्कासँग गाभिएर एकीकृत भई कारेबार गर्दा वित्तीय संस्थाले गरेको लगानीको विषयमा विवाद नआउने र संस्थाले लगानी गरेको आयोजना सफल हुने देखिन्छ । त्यही आधारलाई मध्यनजर गर्दै सरकारले ठूला बैंकहरुलाई मर्जरमा गई एकीकृत कारोबार गर्नका लागि यो नीति ल्याएको हो । सरकारको यो योजनालाई सफल बनाउन बैंकहरु लागिपरेको देखिन्छ ।

प्रभु बैंकका अध्यक्ष देवीप्रसाद भट्टचनले बैंकहरुबीच मर्जरको लागि छलफल चलिरहेको र छिट्टै निष्कर्षमा पुग्ने बताए । मर्जरका लागि कुरा भएपनि बैंकहरु छुट्याएको भने छैन । उनका अनुसार हालसम्म प्रभुले नेपाल क्रेडिट एन्ड कमर्स (एनसीसी) लगायत बैंकसँग छलफल चलिरहेको छ । यसैगरी हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंक पनि मर्जरमा जाने चर्चा आएको छ । नेपाल ईन्भेष्टमेन्टका अध्यक्ष पृथ्वीबहादुर पाण्डेले हिमालयन बैंकसँग मर्जरको कुरा चले पनि निष्कर्षमा नपुगेको बताए । मर्जरका लागि छिट्टै टुङ्गोमा पुग्ने पाण्डेको विश्वास छ ।

प्रतिकृया