अस्ट्रेलियामा शक्तिशाली आँधी
प्रकाशित मिति
२०७६ माघ ८ गते, बुधबार ०८:३७
सिड्नी : मंगलबारदेखि अस्ट्रेलियाको पूर्वी भागमा आएको भीषण आँधीबेहरीका कारण करिब ३० हजार घरमा विद्युत लाइन अवरुद्ध भएको छ ।
मङ्गलबार बेलुका राजधानी क्यानबेरातर्फ फैलिएको सो आँधी पूर्वतिर अघि बढ्दै बेलुका साउथ न्यु साउथ वेल्स, क्वीन्सल्याण्ड र भिक्टोरियासम्म पुगेको थियो ।
राज्य आपतकालीन सेवा ९एसईएस० का अनुसार सहयोगका लागि सिड्नीको दक्षिणी उपनगरबाट मध्यरातमा आठ सय भन्दा बढी टेलिफोन कल आएका थिए।
मुख्यतया यी फोनहरु भाँचिएका रूखका डरले आएको एसईएसका निर्देशक पल बेलीले स्काई न्यूजलाई बताउनु भएको छ ।
रुखले सडकमा गुडिरहेका कैयौं मानिसका कारलाई थिचेको थियो । केही भागहरूमा प्रति घण्टा १०० किलोमिटरका हिसाबले आँधीबेहरी आएको बताइएको छ ।
सिडनीको पश्चिममा रहेको ब्रिन्जेली सपिङ्ग सेन्टरको छानाका केही भागहरू हावाले उडाएको स्थानीय सञ्चार माध्यमले जनाएको छ । –रासस
Related
Recent News
- दीपककुमार शाहले लिए उद्योगमन्त्रीको शपथ
- अस्पतालबाहिरै सुत्केरी भएको घटनामा स्वास्थ्य मन्त्रालयले माग्यो स्पष्टीकरण
- बालेन नेतृत्वको सरकारले संविधान पालना गरेन : अमरेशकुमार सिंह
- नेप्से १३ अंकले घट्यो, ४ अर्ब नजिक कारोबार
- राजीनामा दिएसँगै मन्त्रालयबाट बाहिरिइन् मन्त्री गौरीकुमारी यादव
- रास्वपा महामन्त्री आचार्यले भने:भदौ २४ को आन्दोलन विध्वंस थियो
- २५ सय रुपैयाँ नभएपछि अस्पताल बाहिरै बच्चा जन्माउन बाध्य, संसदमा उठ्यो विषय
- उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा
- दैवी प्रकोप उद्धार कोषमा १२ अर्ब ४३ करोडभन्दा बढी जम्मा
- ग्यास अभावको विरोधमा आरआर क्याम्पस अगाडि सडकमा खाना पकाएर प्रदर्शन
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ






प्रतिकृया