• २० भदौ २०८३, शनिबार
  • ६ः१२ बिहान

श्रम स्वीकृति मागपत्रका लागि डिजिटल हस्ताक्षर अनिवार्य

प्रकाशित मिति

२०७६ माघ ७ गते, मंगलवार १०:१७

काठमाडौं, वैदेशिक रोजगारीमा जाने कामदारहरुलाई दिइने श्रम स्वीकृतिलाई सूचना व्यवस्थापन प्रणाली (एफइआइएमएस) मा खाडीस्थित नेपाली दूतावासहरुले सहज सेवा नदिएपछि वैदेशिक रोजगार व्यवसायीहरु डिजिटल हस्ताक्षरको डिभाईस खरीद गरी प्रयोग गर्न बाध्य भएका छन् ।

National Life

वैदेशिक रोजगार विभागले २०२० जनवरी १ बाट सूचना व्यवस्थापन प्रणाली मार्फत श्रम स्वीकृति दिन शुरु गरिएको घोषणा गरेको हो । तर, खाडीस्थित नेपाली दूतावासहरुले दक्ष जनशक्तिको अभाव देखाउँदै प्रणाली प्रयोगमा अनिच्छा देखाएपछि व्यवसायीहरुले दूतावासबाट प्राप्त डिमाण्ड सम्वन्धी कागजपत्र आफैले डिजिटल हस्ताक्षर मार्फत प्रमाणीकरण गरी विभागको सूचना व्यवस्थापन प्रणालीमा अपलोड गर्न थालेका छन् ।

डिजिटल हस्ताक्षरको डिभाईसका लागि प्रत्येक व्यवसायीले शुरुमा ५ हजार एक सय रुपैयाँ लगानी गर्नु पर्छ । त्यस वापत डिजिटल सर्टिफिकेट र डिभाईस पाइन्छ । प्रयोगकर्ताले प्रत्येक वर्ष ५ हजार तिरेर सर्टिफिकेट र डिभाईस नवीकरण गर्नु पर्ने खाडीस्थित नेपाली दूतावासहरुले जनाएका छन् ।

Classic Tech Desktop

डिभाईस एटीएमको कार्ड र पीन जस्तै छ । त्यसको म्यानपावर कम्पनीका सञ्चालक आफैले वा अख्तियारी दिएर कर्मचारीहरु मार्फत प्रयोग गर्न सक्नेछन् । विभागद्वारा कार्यान्वयनमा ल्याइएको सूचना व्यवस्थापन प्रणालीले डिजिटल हस्ताक्षर विनाका कागजातहरु स्वीकार गरिदैन । विभागले वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली सञ्चालन कार्यविधि २०७६ को दफा १९ अनुसार डिजिटल हस्ताक्षर गर्न पाइने जनाएको छ ।

प्रतिकृया