• १८ भदौ २०८३, बिहीबार
  • ५ः३४ बेलुका

राइफलसहित एक जना पक्राउ

प्रकाशित मिति

२०७६ पुष २८ गते, सोमबार ०३:०५

काठमाडौँ, बेनी नगरपालिका–२ भकुण्डेबाट थ्री नट थ्री राइफलसहित एक जना पक्राउ परेका छन् । आइतबार राति ३० वर्षीय रेशम सापकोटालाई प्रहरीले पक्राउ गरेको हो ।

उनको घरमा छापा मार्दा ८९४० नम्बरको सो राइफल एक नाल, सोको म्याग्जिनमा लोड भएको गोली सात राउण्ड, लोड गरी राखिएको भरुवा बन्दुक एक थान र सोको बारुद छर्रा तीन डब्बा फेला परेको प्रहरीले जनाएको छ ।

Kamana Sewa

जिल्ला प्रहरी कार्यालय म्याग्दीबाट खटिएको प्रहरीले सापकोटाको घर तलासी गर्दा उक्त हातहतियार भेटिएको थियो । पक्राऊ परेका उनीमाथि थप अनुसन्धान अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

Classic Tech Desktop

प्रतिकृया