• १८ भदौ २०८३, बिहीबार
  • ५ः३४ बेलुका

नेकपामा भालेवादी चिन्तन हाबी भयो : सांसद नविना लामा

प्रकाशित मिति

२०७६ पुष २८ गते, सोमबार ०२:१०

काठमाडौं, सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)की सांसद नविना लामाले नेकपामा भालेवादी चिन्तन हावी भएको आरोप लगाउनु भएको छ ।

लामाले सामाजिक सञ्जाल फेसबुकमार्फत नेकपामा भालेवादी चिन्तन हावी भएको भन्दै असन्तुष्टि पोख्नुभएको हो । नेकपाले उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फेलाई राजीनामा दिन निर्देशन दिएपछि सांसद लामाले आक्रोस पोख्नुभएको हो ।

Kamana Sewa

उहाँले उपसभामुख तुम्बाहाङ्फेसँगको फोटो राख्दै लेख्नु भएको छ, ‘विधावारिधि गरेको, कानुन व्यवसाय अभ्यासरत, अखिलको उपाध्यक्ष भैसकेको, लामो र अनवरत कम्युनिष्ट राजनीतिमा लागेको, पार्टीको केन्द्रीय सदस्य रहेको, जातीय राजनीतिको हावामा विचारले नडगमगाएको, महिला त्यो पनि जनजाति पृष्ठभूमिको शिवमाया दिदी महिला सभामुखमा अयोग्य हुने हो भने हाम्रो गौरवशाली पार्टी नेकपामा भालेवादी चिन्तन कति बलियो रहेछ भन्ने निष्कर्ष निकाल्नु पर्छ ।’

Classic Tech Desktop

संसद सचिवालयकी कर्मचारीले बलात्कारको आरोप लगाएपछि तत्कालीन सभामुख कृष्णबहादुर महराले राजीनामा दिएका थिए । त्यसयता प्रतिनिधिसभा सभामुखविहीन छ । सभामुख चयनका पार्टीभित्रै विवाद रहेकाले नेकपाले सभामुखको उम्मेदवार चयन गर्न सेकेको छैन ।

 

प्रतिकृया