• २४ भदौ २०८३, बुधबार
  • १ः४८ दिउँसो

प्रेस स्वतन्त्रता कुण्ठित हुने अबस्था आए आफैं राजीनामा दिएर आन्दोलनमा उत्रन्छु : संचारमन्त्री बास्कोटा

प्रकाशित मिति

२०७६ पुष २४ गते, बिहीबार ०९:२९

भक्तपुर, सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले संबिधानको मर्म बिपरीत प्रेस स्वतन्त्रता कुण्ठित हुने अबस्था आए आफैं राजीनामा दिएर आन्दोलनमा उत्रने बताउनुभएको छ । नेपाल पत्रकार महासंघ भक्तपुर शाखाको २३ औँ स्थापना दिवस समारोहमा आज सम्बोधन गर्दै मन्त्री बाँस्कोटाले सरकारका कारण प्रेस स्वतन्त्रतामाथि कुनै खतरा नरहेको बताउनुभयो ।

National Life

आफुलाई मिडियासँग बोल्न नै मन लाग्न छाडेको प्रतिक्रिया दिंदै एउटा कुरा भन्दा, पुर्वदृष्टि राखेर अर्को कुरा प्रस्तुत गर्ने प्रवृत्ति हाबी भएको छ उहाँले भन्नुभयो । उहाँले अहिलेको पत्रकारिता देखेर कहिलेकाँही आफुलाई राजीनामा दिएर बस्ने झोंक चल्ने गरेको बताउनुभयो  ‘म पनि वर्षौसम्म पत्रकारिता गरकै मान्छे हुँ, पत्रकारको मर्म मैले बुझ्न सक्छु, पत्रकारिता पनि आचारसंहितामा रहेर गर्नुपर्छ,’ उहाँले भन्नुभयो ।  मन्त्री बाँस्कोटाले सरकारले ‘संमृद्ध नेपाल, गरिब पत्रकारिता’ को अवधारणा नलिएको स्पष्ट पार्दै अबको पत्रकारितालाई स्वर्ण युगमा बदल्नुपर्ने बताउनुभयो । ‘अब कमिसन पत्रकारिता धेरै चल्दैन,’ उहाँले भन्नुभयो ‘पत्रकारिता व्यवसायिक हुनुपर्छ, आफ्नो र अर्काको भन्ने आधारमा भन्दा पनि तथ्यमा टेकेर समाचार लेख्नसक्ने बातावरण अब बन्नुपर्छ ।’

Classic Tech Mobile
Classic Tech Desktop

मन्त्री बाँस्कोटाले पत्रकारको हकहित भन्दा बाहिर गएर मिडिया काउन्सिल विधेयक पारित नहुने बताउँदै आफु मन्त्री भएपछि पाँच करोड ३४ लाख रुपैयाँको पत्रकारिता कल्याण कोष स्थापना गरेको भन्दै अब त्यसलाई बढाएर १० करोड रुपैयाँ पु¥याउने उदेश्य लिएको बताउनुभयो । अनुशासन उल्लंघन गर्ने पत्रकारितालाई प्रेस स्वतन्त्रतासँग जोड्न मिल्दैन भन्दै उहाँले मिडिया राज्यको भएको र सरकारको हैन भन्नुभयो । शंकाको भरमा पत्रकारिता गर्नु गलत भएको भन्दै गल्ती गर्नेलाई पनि छाड्न नहुने उहाँको तर्क थियो । सरकारको असन्तुष्टिसँग पत्रकारितालाई नजोडौँ भन्दै उहाँले मिडियाले गहिराईमा पुगेर लेखेमात्र तथ्य बाहिर आउने उल्लेख गर्नुभयो ।

अहिले प्रेस स्वतन्त्रता कुण्ठित हुन थाल्यो भनेर सरकारलाई औला ठड्याउँदा भोलि पत्रकारिताप्रतिको विश्वास नगुमोस् उहाँको भनाई थियो । पत्रकारिता अझै विश्वासनीय र खोजमुलक बन्नुपर्छ भन्दै उहाँले पुर्वदृष्टि राखेर समाचार लेख्न नहुने उल्लेख गर्नुभयो । पत्रकारितालाई भजन, मिसन, पार्टी पत्रकारिताबाट माथि उठाएर संमृद्ध नेपाल सुखी अभियानमा जोड्नुपर्ने बताउनुभयो । आफू मन्त्री बनेपछि कमिसन दिन आउनेहरूको नामसहित लेखनमा पनि आफू सक्रिय रहेको बताउनुभयो । बाँस्कोटाले आफुलाई काम गरिदिनु प¥यो भन्दै कमिशन दिनहरुको नाम डायरीमा लेख्ने गरेको बताउनुभयो ।

महासंघका केन्द्रीय अध्यक्ष गोविन्द आचार्यले प्रेस जगतलाई संकुचन गराउने मिडिया विधेयक सच्याउन महासंघको दबाबपछि नै सरकारले समिति बनाएर छलफल गरिरहेकोे बताउनुभयो ।

कार्यक्रममा पत्रकार महासंघ भक्तपुर शाखाका अध्यक्ष पुष्करराज बुढाथोकीले ०५४ साल अघिसम्म हुने हरेक साना ठूला कार्यक्रम र घटनाहरुको समाचार संकलनका लागि काठमाडौं र सञ्चारमाध्यमहरुका केन्द्रबाट पत्रकार आउनुपर्ने अवस्था नरहेको बताउनुभयो ।

कार्यक्रममा महासंघका उपाध्यक्ष दिलिप थापामगर,वरिष्ठ पत्रकार कविर राणा, महासंघका प्रदेश अध्यक्ष एन के दाहाल,महासचिब सृजन झा , सचिव अमर भुजु र जिल्लाका पुर्वअध्यक्ष नारायण किलम्बु , भगवान महर्जन स्मृति पुरस्कारका संस्थापक,माउण्ट भ्यु स्कुलका प्रिन्सीपल राजकुमार महर्जन ,लक्ष्मी नारायण शिल्पकार,उपाध्यक्ष रोशन शिल्पकार,सहसचिब सुन्दर शिल्पकार लगायतले प्रेस स्वतन्त्रता हनन हुने गरी ल्याएका विधेयकहरु सच्याउनुपर्ने सुझाव दिनुभयो ।

स्थापना दिवसको अवसर पारेर दवाब साप्ताहिकका सम्पादक तथा महासंघ उपत्यका प्रदेश सचिब अमर भुजुलाई रु २५ सय सहितको मैयादेवी शिल्पकार स्मृति पत्रकारिता पुरस्कार र ध्रुव मधिकर्मीलाई रु दश हजार सहितको स्वर्गीय भगवान महर्जन स्मृति पुरस्कार प्रदान गरिएको थियो ।भूजुले भने आफुले पुरस्कार पाएको रकममा २ हजार ५ सय थपेर महासंघको संस्थागत विकाशलाई भन्दै भक्तपुर शाखालाई दिनुभएको छ ।

 

प्रतिकृया