• ४ साउन २०८३, सोमबार
  • २:०४ बिहान

अमेरिकी सेनाको स्मार्टफोनमा टिकटक नचल्ने

प्रकाशित मिति

२०७६ पुष २२ गते, मंगलवार ०१:४८

एजेन्सी, अमेरिकी सेनाले सिपाहीहरूलाई प्रदान गरेको स्मार्टफोनमा टिकटक नचल्ने बनाइएको छ । यसभन्दा अगाडी अमेरिकी नेभीले पनि टिकटक माथि प्रतिबन्ध लगाएको थियो । अमेरिकी सेनाले टिकटकलाई साइबर थ्रेट अर्थात् जोखिमको रुपमा लिएको छ । गत महिनाको बीचबाट नै अमेरिकी सेनाका सिपाहीहरूलाई यस प्रतिबन्धको बारेमा जानकारी गराउंदै आईएको थियो ।

टिकटकको मुख्य कम्पनी बाइटडान्स चाइनिज कम्पनी रहेको र उक्त कम्पनीले अमेरिकाको साइबर सुरक्षामा असर गर्न सक्ने भएकाले नै अमेरिकी नेभी र अमेरिकी सेनाले सिपाहीहरूको स्मार्टफोनहरूमा टिकटक ब्यान गरेको हो । बाइटडान्सले अमेरिकी सेनाको जानकारी चोरी गरेर चिनियाँ सरकारलाई प्रदान गर्न सक्ने जोखिम रहेकोले नै टिकटकलाई प्रतिबन्ध गरिएको हो भन्ने कुरा मिलिटरी डट कममा उल्लेख गरिएको छ ।

Kamana Sewa

सिपाहीहरूलाई अमेरिकी सेनाहरू द्वारा प्रदान गरिएका स्मार्टफोनहरूमा मात्र टिकटक प्रतिबन्धित हुनेछ । तर सिपाहीहरूले आफ्नो व्यक्तिगत स्मार्टफोनमा टिकटक प्रयोग गर्न पाउनेछन् ।

Classic Tech Desktop

प्रतिकृया