• २० भदौ २०८३, शनिबार
  • ४ः०३ बिहान

विमानस्थलबाट फेरी आधा किलो सुनसहित दुई जना पक्राउ

प्रकाशित मिति

२०७६ पुष २० गते, आईतवार ०४:१८

काठमाडौँ, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फेरी आधा किलो सुनसहित भारतीय नागरिक पक्राउ परेका छन् । यूएईको सार जहाबाट आएका किजाकेथिल नौसादले क्याम्सुल बनाएर सुन तस्करी गर्न खोजेका थिए । तर, विमानस्थलमा चेकजाँचका क्रममा पक्राउ परेको महानगरीय अपराध अनुसन्धान महाशाखा, टेकुले जनाएको छ ।

National Life

यस्तै, मलेसियाबाट आएका भारतीय नगारिक मोहमद म्यादिन स्थालीको साथबाट दुई सय ग्राम हिरा बरामद भएको छ । भन्सार क्षेत्र कटिसकेपछि शंका लागेर काठमाडौं मेडिकल कलेजमा लगेर जचाउँदा २ सय ग्राम हिरा पेटमा राखेर ल्याएको भेटिएको प्रहरीले जनाएको छ । थप अनुसन्धान भइरहेको जनाइएको छ । पछिल्लो एक हप्तामा मात्रै विमानस्थलबाट ६ किलो सुन बरामद भइसकेको छ ।

प्रतिकृया