• ९ असोज २०८३, शुक्रबार
  • ८ः२५ राती

अध्यक्ष दाहाल: मानवीय संवेदनशीलता भावना र इतिहासको कुरा हो, कहीँ कहीँ त्यसले तान्दोरहेछ

प्रकाशित मिति

२०७६ पुष १९ गते, शनिबार ०३:४७

काठमाडौं, सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपा अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पर्यटकीय क्षेत्रको रूपमा पहिचान गरेर आफूहरुले विकासको काम थालेको बताएका छन् ।अन्नपूर्ण काठमाडौं समाजको साधारण सभामा प्रमुख अतिथिको रहनुभएका अध्यक्षले भने, ‘देशमा अहिले बिल्कुलै फरक परिस्थिती सिर्जना भएको छ । हामीहरुसँग परम्परागत संरचनामा बानी परेको छ । त्यसबाट पछि हट्न समय लागेको देखिन्छ ।’

National Life

उनले भने, ‘अन्नपूर्ण काठमाडौं समाजको कार्यक्रम भनेपछि अन्य जस्तोसुकै कार्यक्रम भएपनि छोटो समयका लागि भएपनि जाउँ जाउँ भइहाल्छ ।’ केही न केही चुम्बक कास्की जिल्लासंग र अन्नपूर्ण गाउँपालिकासंग भएको उनको भनाई थियो । उनले अगाडि भने,‘हो मानवीय संवेदनशीलताको कुरा हो, भावनाको कुरा हो, इतिहासको कुरा हो, कहीँ कहीँ त्यसले तान्दोरहेछ, तान्ने रहेछ ।’अन्नपूर्ण गाउँपालिकालाई सुन्दर पर्यटकीय नमूनाको रुपमा विकास गर्नका लागि आफ्नो सरकारको अवधिभित्र सपना पूरा गर्ने्तिर लाग्ने अध्यक्षले बताए । अध्यक्ष प्रचण्डले पछिल्ला राजामहाराजाहरू देशभक्त नभएकै कारण उनीहरूले विदेशी शक्तिसँग घुँडा टेकेको बताएका हुन् ।

‘नेपाली वीर गोर्खालीका रूपमा परिचित रहेको बेलामा पछिल्लो समयका केही राजा महाराजाहरूले विदेशी शक्तिको अगाडि घुँडा टेके’ उनले भने, ‘त्यसैले गर्दा आफ्नो वीरताको ठाउँहरूको समेत चर्चा गर्न चाहेनन्’ ‘अग्रेज ब्रिटिस कर्नेलको नेतृत्वमा आएको करिब २४ सयको नेतृत्वलाई नेपाली हतियारकै माध्यमबाट ५०र६० जनाले घुँडा टेकाएका थिए ।तर, त्यस्तो वीरताको शक्तिलाई समेत उनीहरूले लुकाउन खोजे’ उनले भने । उनले राजामहाराजाहरुले गौतम बुद्ध नेपालमै जम्मिएको र लुम्बिनी नेपालकै भएको समेत भन्न नसकेको जनाए ।

Classic Tech Mobile
Classic Tech Desktop

अध्यक्ष प्रचण्डले देश परिवर्तनका नायकहरूलाई कसरी दबाब दिन सकिन्छ भन्ने शक्ति सक्रिय भएर लागेको प्रष्टाए । त्यसबाट आफूहरू जोगिनुपर्ने उनको भनाई थियो । उनले आफूले दुईपटक देशको नेतृत्व गरेको र त्यसपछि आफू निरन्तर समृद्ध नेपाल निमार्णको अभियानमा जुटको प्रष्टाए ।

प्रतिकृया