• ३१ भदौ २०८३, बुधबार
  • १०ः०४ राती

नेपाली कांग्रेसले ‘राष्ट्रिय एकता तथा मेलमिलाप दिवस’ मनाउँदै

प्रकाशित मिति

२०७६ पुष १६ गते, बुधबार ११:२२

काठमाडौँ, नेपाली कांग्रेस र उसका भ्रातृसंस्थाहरुले ‘राष्ट्रिय एकता तथा मेलमिलाप दिवस’ मनाउँदै छन् । पार्टीका संस्थापक बीपी कोइरालालगायतका नेता लामो निर्वासन अन्त्य गरी स्वदेश फर्किएको दिन पुस १६ गतेलाई हरेक वर्ष ‘राष्ट्रिय एकता तथा मेलमिलाप दिवस’का रुपमा मनाउँदै आएको छ ।

National Life

कांग्रेसले बुधबार ७७ वटै जिल्लामा आमसभा, गोष्ठी, र्‍याली, कोणसभालगायतका कार्यक्रम गरी ४४औँ मेलमिलाप दिवस मनाउन लागेको हो ।मुलुकको सार्वभौमसत्ता रक्षा गर्न जनताकै बीचमा रहनुपर्दछ भन्ने सोचका साथ नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइराला, लौहपुरुष गणेशमान सिंह, नेत्री शैलजा आचार्य, नेता खुमबहादुर खड्कालगायत नेताहरु मेलमिलापको नीति लिएर वि।सं २०३३ पुस १६ गते स्वदेश फर्किनु भएको थियो ।

प्रतिकृया