बालबालिकाहरुलाई ठूलो मान्छे भन्दा पनि असल मान्छे बन्ने शिक्षा दिन्छौ : प्रिन्सिपल शरण चौलागाँइ
प्रकाशित मिति
२०७६ पुष १५ गते, मंगलवार ०५:४२
भक्तपुर, स्वर्गीय डा.बाबुराम पोखरेलद्धारा बि.स.२०३६ सालमा स्थापना भएको शंकर नेस्नल स्कुलको ३९ वर्ष चलिरहेको छ । सुर्यविनायक नगरपालिका वडा–४ थिमि स्थित यस स्कुलका प्रिन्सिपल शरण चौलागाँइ हुनुहुन्छ ।
यस स्कुलको मुख्य उदेश्य गुणस्तरिय शिक्षा, व्यवहारीक शिक्षा र संस्कारयुक्त शिक्षा गरी तीन वटा रहेको छ । यि उदेश्य स्कुलको पाठन प्रणालीमा नाराकै रुपमा लागू गरी अगाडी बढीरहेको प्रिन्सिपल चौलागाँइले बताउनुभयो । स्कुलका मुख्य तीन उदेश्यलाई पुरा गर्नका लागी अध्ययन, अध्ययापनसँगै विभिन्न क्रियाकलापमा विद्यार्थीलाई सक्रिय गराउदै आएको उहाँले बताउनुभयो ।
प्रिन्सिपल चौलागाँइले स्कुलका सम्पुर्ण विद्यार्थीहरुको हरेक तहबाट विकासको लागि अगाडी बढाइरहेको र एस.इ.इ. परिक्षाको नतिजा देखि उतीर्ण भएर विद्यार्थीहरु कुन क्षेत्रमा के गरिरहेका छन्, भन्ने कुरालाई पनि ध्यानमा राखि अघि बढको बताउनुभयो । उहाँले बालबालिकाहरुलाई ठूलो मान्छे भन्दा पनि असल मान्छे बनाउने शिक्षा दिने बताउनुभयो ।
स्कुलमा हरेक आइतबार विद्यार्थीको रुची अनुसार सहभागी जनाउन विभिन्न क्लबहरु राखिएको उहाँले बताउनुभयो । कराँते, स्पोट्स, र्नित्य, म्युजिक, आइ। टि क्लबहरु रहेको छ जुन क्लब मार्फत विद्यार्थीले रुची अनुसारको व्यवहारीक र सिपमुलक शिक्षा सम्बन्धित प्राविधिकसँग नजिक रहेर ज्ञान लिन सक्छन् । साथसाथै ह्यान्डीक्राफ्टका कला सिर्जना गराउनका निम्ति विशेष ध्यान दिएर यी क्षेत्रलाई निरन्तर दिने योजना रहेको समेत उहाँले बताउनुभयो । उहाँले यस स्कुलमा अध्ययन गर्ने विद्यार्थी हरेक कक्षामा डाक्टर, इन्जिनियर, पाइलट मात्र नभएर एउटा कलाकार, गायक र खेलाडी पनि हुने सम्भावना रहेको बताउनुभयो ।
उहाँले स्कुलका लागि हरेक विद्यार्थी विशेष रहेको र ती विद्यार्थीहरुको मनेविज्ञानमा आधारित रहि रिर्पोट तयार गरि तिनिहरुको विशेषतालाई माथिल्लो पोजिसन सम्म पुर्याउनका लागि स्कुलले ठुलो भुमिका खेल्ने बताउनुभयो । उहाँले अबको शैशिक शत्र २०७७ मा अझ यो स्कुलले फरक तरिकाले अगाडि बढ्न लागि बच्चाको अबस्था, उनीहरुमा भएका समस्या, अहिलेको प्रविधि, पढाउने तरिका र इच्छाएको क्लबहरु थप्ने योजना रहेको बताउनुभयो ।
उहाँले स्थापना काल देखि अहिले ३९ साल सम्म साथ दिनु भएका अभिभावक, शिक्षा प्रेमी, बुद्धिजिवि, संघसंस्थालगायत सम्पुर्णमा अभार प्रकट गर्नु भएको छ ।
साथैसाथै उहाँले यस स्कुल कुनै समयमा हिडिरहेको थियो भने अहिले कुदि रहेको जानकारी गराउनु भयो । यो परिवर्तन भएर आकाशमा उडाउने चाहना राखेको प्रकट गर्नुभयो र यो चाहना पुरा गर्न उहाँले अगामि दिनमा अभिभावक, शिक्षा प्रेमीहरुले माया र साथ दिनुहुने छ भन्ने आशा व्यक्त गर्नुभयो ।
उहाँले स्कुलबाट उत्पादन भएको विद्यार्थीहरु प्रतिस्पर्धि रहेर विभिन्न देश विदेशमा उच्च पदका लागि सक्षम बनाउन प्रण गर्नुभयो र कतिपय विद्यार्थी सफल भएको समेत बताउनु भयो । प्रिन्सिपल चौलागाँइले स्कुलको राम्रो वातावारण बुझेर स्कुलमा भाग लिनका लागि विभिन्न क्षेत्रबाट आफ्नो बालबालिकालाई पठाइदिनु भएकोमा अभिभावकहरुलाई धन्यवाद ज्ञापन गर्नुभएको छ ।






प्रतिकृया