• ४ असोज २०८३, आइतबार
  • २ः३८ राती

बैठक पुन स्थगित सभामुख चयनमा ओली दाहालबीच अझै सहमति भएन

प्रकाशित मिति

२०७६ पुष १६ गते, बुधबार ०६:२६

काठमाडौं, प्रतिनिधिसभाको बैठक बुधबार अपराह्न १ बजेका लागि निर्धारित बैठक सूचना टाँस गरी स्थगन भएको छ । सङ्घीय संसद् सचिवालयद्वारा प्रकाशित लिखित सूचनामा बुधबारका लागि बैठक विशेष कारण वश बस्न नसक्ने उल्लेख गरिएकोे छ ।

National Life

सभामुख चयनलगायत विषय दलहरुबीच व्यवस्थापन गर्नुपरेकाले बैठक स्थगन भएको बुझिएको छ । यसअघि पनि यही पुस ११ गते सूचना टाँस गरी बैठक स्थगन गरिएको थियो । प्रतिनिधिसभाको अर्को बैठक पुस २७ गते अपराह्न १ बजे बस्ने जनाइएको छ । सभामुखमा प्रमुख सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपा को दाबी छ । उसले कसलाई सभामुख बनाउने भन्नेबारे ठोस निर्णय गर्न सकेको छैन् ।

प्रधानमन्त्री एवम् अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच पार्टीबाट कसलाई सभामुख बनाउने भन्नेबारे यसअघिपनि छलफल तथा परामर्श भएका थिए । तर, उहाहरुबीच यस विषयमा अहिलेसम्म ठोस सहमति भएको छैन् । नेकपानिकट उच्च स्रोतले दिएको जानकारीअनुसार सभामुखमा पूर्व माओवादी केन्द्रबाट दाबी कायमै छ ।

Classic Tech Mobile
Classic Tech Desktop

यसको लागि अध्यक्ष दाहालले अर्का अध्यक्ष ओलीसँग आफ्नो अडान राखिरहेका छन् । यसअघि पनि शक्ति सन्तुलनको लागि सभामुख पूर्व माओवादी केन्द्रलाई नै दिईएको थियो । पूर्व माओवादी केन्द्रबाट प्रमुख सचेतक देवप्रसाद गुरुङ , अग्निप्रसाद सापकोटा र पम्फा भुषालको दाबी छ । यता, पूर्व नेकपा एमालेबाट भने पूर्व सभामुख सुवासचन्द्र नेम्वाङ्को दाबी छ । ओलीले पनि नेम्वाङ्लाई ल्याउन चाहेको विशेष सूत्रले जनाएको छ ।

प्रतिकृया