• ४ असोज २०८३, आइतबार
  • ४ः०७ बिहान

कालापानी क्षेत्रमा नापी गर्न गएको टोलीलाई भारतले रोक्यो

प्रकाशित मिति

२०७६ पुष १६ गते, बुधबार ०६:३८

नेपाली भूमि कालापानी क्षेत्रमा नाप नक्सा गर्न गएको नापी विभागको टोलीलाई भारतीय पक्षले रोकेको छ। यस कुराको जानकारी भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले मंगलबार बताउनु भएको हो । राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समिति बैठकमा मन्त्री अर्यालले यस्तो जानकारी दिनु भएको होे । भारतले रोकेसँगै नाप नक्साको काम तत्काललाई स्थगित भएको छ। कूटनीतिक तहबाट कुरा गरेर समाधान निस्केपछि मात्रै फेरि काम अगाडि बढाउने बताउदै। मन्त्री अर्यालले अहिलेसम्मको कुनै पनि नेपाली नक्सामा लिम्पियाधुरा नसमेटिएको बताउनु भएको छ । कालापानी र लिपुलेक नेपाली नक्सामा अहिले पनि रहेको बताउँदै उहाले लिम्पियाधुरासहितको नक्सा अहिलेसम्म प्रकाशनमा नआएको जानकारी दिनु भयो ।

National Life

वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले वनको जग्गा प्रयोग गर्न निश्चित विधि भएपनि सुरक्षा पोष्ट स्थापनाको क्षेत्रलाई राष्ट्रिय प्राथमिकताको क्षेत्रमा राखेको बताए। उहाले कालापनी, कञ्चनपुर र कञ्चजंघा गरी तीन क्षेत्रमा सुरक्षा पोष्ट स्थापनाका लागि जग्गा उपलब्ध भएको बताए। समिति बैठकमा नेता भीम रावलले नक्साको सन्दर्भमा भूमि व्यवस्था मन्त्री अर्यालले सोझो जवाफ नदिएको बताएका छन्। अन्य समिति बैठकमा समेत धेरैपटक प्रश्न गर्दा स्पष्ट जवाफ नआएको उनले बताए। ुउहाँले बारम्बार नक्सामा आफ्नो भूमि देखाउने कुरा ठूलो होइन विवाद समाधान गर्ने कुरा ठूलो हो भन्‍नुहुन्छु, उहाले , ुनक्सामा आफ्नो भूमि देखाउने कुरा ठूलो होइन भने हामीले अन्त पनि नदेखाए भयो नि त। नक्सामा आफ्नो भूभाग देखाउने कुरा ठूलो नभए हटाइ दिने।’ नेता रावलले सन्धि सम्झौताहरूले समेत नेपाली भूमि हो भनेर देखाएपछि नक्सा जारी गर्न के गाह्रो भन्दै अर्को प्रश्‍न गरे। नेपाल सरकारका सबै अंगहरुमा नक्साको उपयोग हुने अवस्थामा नयाँ नक्सा जारी गरी तत्काल लागू गर्न पनि उहाले माग गर्नुभएको छ ।

प्रतिकृया